6 years ago
May 30, 2019
एजेन्सी – एकदिवसिय विश्वकपको १२ औं संस्करण आजदेखि इंग्ल्यान्ड र वेल्समा सुरु हुँदैछ । जुलाई १४ सम्म चल्ने प्रतियोगितामा १० देशले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । लिगपछि शीर्ष चार टोलीले सेमिफाईनलमा स्थान बनाउने छन् ।
उद्धघाटन खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार ३ : १५ देखि लन्डनमा चल्नेछ । यी दुवै देशले हालसम्म विश्वकप उपाधि जित्नसकेका छैनन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा नै तय गर्न सकेको छैन ।
उपाधिको प्रमुख दावेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड सुखद सुरुवात गर्न चाहन्छ । पहिलो पटक विश्वकप फाईनलमा पुग्ने लक्ष्य राखेको दक्षिण अफ्रिका पनि घरेलु टोली इंग्ल्यान्डलाई हराउँदै आफु पनि अब्बल रहेको प्रमाणित गर्न चाहान्छ । हेड टु हेडमा दक्षिण अफ्रिका अघि छ । हालसम्म यी दुई देशबीच ५९ खेल भएको छ । जसमा अफ्रिका २९ खेलमा विजयी हुँदा २६ खेलमा पराजित भएको छ । १ खेल टाई हुँदा ३ खेलको नतिजाविहिन छ । यस पटक भने तुलनात्मक रुपमा दक्षिण अफ्रिका भन्दा इंग्ल्यान्ड बलियो देखिन्छ ।
जेसन रोय र जोनी बेयस्टोले इंग्ल्यान्डको ओपनिङ गर्ने निश्चित जस्तै छ । दुवैले ठूला शट र ठूलो इनिङ खेल्ने गर्दछन् । दुवै उत्कृष्ट लयमा पनि छन् । मध्यक्रममा जो रुट, कप्तान इओन मोर्गन र जस बटलर जस्ता भरपर्दा ब्याट्सम्यान छन् । बेन स्टोक्सले तल्लोक्रममा ठूलो र आक्रमक इनिङ खेल्न सक्छन् । टम करन, क्रिस वोक्स र मोइन अलीबाट तल्लोक्रममा उत्कृष्ट प्रर्दशनको आसा गर्न सकिन्छ ।
स्टोक्स, करन, जोफ्रा आर्चर, मार्क उड तीव्र गतिको बलरको भुमिका निर्वाह गर्ने छन् । स्पिनर मोइन अली, आदिल राशिद र लियाम डसनले मध्यक्रम धराशायी बनाउन खोज्नेछन् । सम्रगमा इंग्ल्यान्डको बलियो हतियार ब्याटिङ मानिन्छ ।
दक्षिण अफ्रिकाको ओपनरको रुपमा हासिम अमला र क्विन्टन डिककले गर्ने उच्च संभावना छ । एडन मार्करम, फाफ डु प्लेसिस, डेविड मिलर र रस्सि भान डुसेनले मध्यक्रमका भरपर्दा ब्याट्सम्यान हुन् । क्रिस मोरिस र जेपी ड्यूमिनी तल्लोक्रममा ठूला शट खेल्न सक्छन् ।
उत्कृष्ट लयमा रहेका अनुभवी इमरान ताहिर र तीव्र गतिका युवा बलर कागिसो रबाडा प्रमुख हतियार हुन् । रबाडासँगै लुन्गी निडी, एन्डिले फेलुक्वायो तीव्र गतिको बलिङ सम्हाल्ने छन् । तीव्र गतिका अनुभवी बलर डेल स्टेन आजको खेलमा उपलब्ध हुने छैनन् । उनी चोटका कारण पूर्णरुपमा फिट भएका छैनन् । सम्रगमा दक्षिण अफ्रिकाको बलिङ मुख्य हतियार मानिएको छ ।
विश्वकप खेल्ने अफ्रिका पूर्ण टोली :
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, डेविड मिलर, लुन्गी निडी, क्रिस मोरिस, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, तबरेज शम्सी, इमरान ताहिर, डेल स्टेन, रस्सि भान डर दुसेन
विश्वकप खेल्ने इंग्ल्यान्डको पूर्ण टोली :
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, टम करन, जोफ्रा आर्चर, जेम्स भिन्स, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, लियाम डसन, क्रिस वोक्स, मार्क वुड ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]