9 years ago
May 14, 2016
जारी इन्डियन प्रीमियर लिगमा रोयल च्यालेन्जर ब्याङलोरको गुज्रात लायन्स बिरुद्धको १४४ रनको किर्तिमानी जितमा धेरै किर्तिमान हरु जोडिए ।
बिराट कोह्लिको सिजनको तेस्रो सेन्चुरी र डि भिलिएर्सको १२९ रन नट आउटमा दोस्रो वोकेटमा जोडियेको यो साझेधारी टि २० क्रीकेटमा नै सबै भन्दा धेरै रह्यो ।
बिराट र डि भिलिएर्सको साझेधारिमा एकै खेलमा यी किर्तिमानहरु बने ।
१. टि २० क्रीकेटमा दुई खेलाडीहरुले एकै इन्निङ्समा शतक प्रहार गरेको यो दोस्रो पटक ।
२. आइ पि एलको एकै सिजनमा तीन सेन्चुरी प्रहार गर्ने बिराट कोह्ली पहिलो खेलाडी ।
३. बिराट कोह्ली र डि भिलिएर्स बिचको दोस्रो विकेटको २२९ रनको साझेधारी टि२० क्रीकेटको सबै भन्दा धेरै रनको साझेधारी ।
४. कोह्ली र डि भिलिएर्स बिचको दोस्रो २००रनको साझेधारी ।
५. आइ पि एलको दोस्रो ठूलो स्कोर ।
६. अन्तिम ५ ओभरमा जोडिएको ११२ रन सबै भन्दा धेरै । यो भन्दा अघि टि २० क्रीकेटको अन्तिम ५ ओभरमा कहिलै १०० रन पनि जोडिएको थिएन ।
७. १४४ रनको बिजय टि २०मा सबै भन्दा ठूलो जित।
८. एकै इनिङ्समा दुई ओभरमा ३० रन जोडिएको यो टि २० क्रीकेटमानै पहिलो पटक ।
९. एकै इनिङ्समा २० छक्का टि२० मा सबै भन्दा धेरै । यश अघि पनि २० छक्क नै सबै भन्दा धेरै थियो ।
१०. कोह्ली र डि भिलिएर्स बिचको चौथो सेन्चुरिको पारी एउटै आइ पि एलमा सबै भन्दै धेरै ।
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा र्याली आयोजना गर्ने भएको छ । सुदूरपश्चिमले धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको आयोजना गर्ने भएको हो । र्यालीमा टोलीका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी तथा खेलाडीहरु आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध भएका उपलब्ध हुने सबै खेलाडीको सहभागिता रहनेछ । र्यालीको तयारी […]
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर मयन यादवसँगै मध्यक्रमका रोशन विक र उत्तम थापा मगरले अर्धशतक प्रहार गरेपछि नेपाल यू१९ क्रिकेट टोलीले एसीसी यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध जारी सिरिजको तेस्रो खेलमा बलियो योगफल खडा गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय […]
November 17, 2024
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजले इङग्ल्याण्डविरुद्धको चौथो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ । घरेलु टोलीले आइतवार बिहान सकिएको खेल ५ विकेटले जितेको हो । खेल जितेपनि वेस्ट इण्डिजले सिरिज भने गुमाइसकेको छ । २ सय १९ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इण्डिजका इभेन […]