default_image

6 years ago

May 28, 2019

न्युजिल्यान्डलाई ४ सय २२ रनको विशाल लक्ष्य

79 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप अघि वार्मअप खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ४ सय २२ रनको विशाल लक्ष्य दिएको छ ।

ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले ४९.२ ओभरमा अल आउट हुँदै ४ सय २१ रन बनायो । विशाल योगफल बनाउन युवा खेलाडी शाई होपले शतक प्रहार गरे । ३६ ओभरको चौथो बलमा टेन्ट्र बोल्टले कप्तान केन विलियम्सनबाट क्याच आउट गराउनु अघि उनले ८६ बलमा ९ चौका र ४ छक्का सहित १ सय १ रन बटुले ।

त्यस्तै ४६ ओभरको पहिलो बलमा बोल्टले बोल्ड आउट गर्नु अघि आन्द्रे रसेलले २५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै आक्रमक ५४ रन जोडे । ओपनर क्रिस गेलले २२ बलमा ४ चौका र ३ छक्का सहित आक्रमक ३६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए । अर्का ओपनर इभिन लुईसले ५४ बलमा ६ चौका र १ छक्का सहित ५०,डरेन ब्राभो २५,निकोलस पुरन ९,शिम्ररोन हिटमायर २७, कप्तान जोसन होल्डर ४७ रनमा आउट भए ।

म्याट हेनरीले ४५ ओभरको दोस्रो बलमा रोश टेलरबाट क्याच गराउनु अघि होल्डरले ३२ बलमा समान ३ चौका प्रहार गरे । त्यस्तै कार्लोस वर्थवेट २४ र एलशे नर्शले २१ रन जोडे । न्युजिल्यान्डका टेन्ट बोल्टले ९.२ ओभरमा १ मेडन सहित ५० रन खचेर्एर ४ विकेट लिए । त्यस्तै म्याट हेनरीले २,जेम्श निशम र मिचेल सान्टनरको नाममा समान १ विकेट रह्यो । हेनरीले मात्र ९ ओभर बलिङ गर्दै १ सय ७ रन खर्चे ।

February 12, 2025

असलंकाको शतकमा श्रीलंकाले अस्ट्रेलियालाई हरायो

एजेन्सी – कप्तान चरिथ असलंकाको शतकको सहयोगमा घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्धको पहिलो ओडिआई खेलमा जित हासिल गरेको छ । श्रीलंकाले बुधवार अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो । जितसँगै श्रीलंकाले २ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १ सय ६५ रनमा […]

February 12, 2025

गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने

एजेन्सी – अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ । च्याम्पियन्स ट्रफीका साथै उनले मार्च […]

February 12, 2025

स्मिथको कप्तानीमा अस्ट्रेलियन टोलीको घोषणा

एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]

Success

Thank you for your time.