6 years ago
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सुशन भारीले पुन घातक बलिङ गरेपछि त्रिभुवन आर्मी क्लवले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार कर्णाली प्रदेशलाई १ सय १७ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो ।
पहिलो खेलमा आर्मीले प्रदेश २ लाई १ सय ७१ रनको र दोस्रो खेलमा प्रदेश १ लाई १ सय १३ रनले फराकिलो अन्तरले पराजित गरेको थियो । आर्मीले अन्तिम खेल अब जेठ १८ मा नेपाल पुलिसँग खेल्ने छ । २ सय ९१ रनको लक्ष्य पछ्पाएको कर्णाली प्रदेश ३५.१ ओभरमा अल आउट हुँदै १ सय ७३ रनमा समेटियो ।
उसका लागि ओपनर सुसान्त थापाले सर्वाधिक ३१ रनको योगदान दिए । १३ ओभरको अन्तिम बलमा हरि बहादुर चौहानले विकेटकीपर राजु रिजालबाट क्याच आउट गराउनु अघि उनले ३५ बलमा ५ चौका प्रहार गरे । त्यस्तै कप्तान रविन्द्रजंग शाहीले १३ रन जोडे ।
कुनै समय २७ ओभरमा १२०-९ को अवस्थामा पुगेको कर्णालीलाई अन्तिम विकेटका लागि ललित प्याकुरेल र युनिस सिंहले ५३ रनको साझेदारी गर्दै हारको अन्तर हटाए । ललित प्याकुरेलले २८ बलमा ३ चौका र १ छक्का सहित २८ रनको योगदान दिए । त्यस्तै युनिस सिंहले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रनको योगदान दिए ।
उसका अन्य दिवान पुनले ३३ बलमा ३ चौका सहित २६ रनको योगदान दिए । त्यस्तै दिनेश अधिकारी ११,सौगात कार्की ९,महेश खत्री ५,प्रकाश जैसी डक आउट भए ।
आर्मीलाई सहज दिलाउन सुशन भारीलाई ९ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै करण केसी र साहव आलमले समान २ विकेट लिए । हरि बहादुर चौहान र कुशल मल्लको नाममा समान १ विकेट रह्यो ।
त्यस अघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनायो । युवा खलाडी रोहित कुमार पौडेलले ५६ रनको योगदान दिए । ४८ ओभरको पहिलो बलमा प्रकाश जोशीले रविन्द्रजंग शाहीबाट क्याच गराउनु अघि रोहितले ५१ बलमा ४ चौका प्रहार गरे ।
ओपनर राजु रिजाल र हरेकृष्ण झाले पहिलो विकेटका लागि २८।३ ओभरमा १ सय ३२ रनको उत्कृष्ट साझेदारी गर्दै सानदार सुरुवात दिलाए । ललित प्याकुरेलले राजुलाई एलबीडब्लू आउट गर्दै शतकीय साझेदारी तोडे । राजुले ७८ बलमा १० चौका सहित ६६ रन जोडे । ३१ ओभरको पाँचौ बलमा दिनेश अधिकारीले रन आउट गर्नु अघि झाले १ सय बलको सामना गर्दा ४ चौका सहित ५२ रन जोडे । हरि बहादुर चौहान ११, राजेश पुलामी मगर र कुशल मल्ल समान २ र कप्तान विनोद भण्डारी ५ रनमा आउट भएपछि आर्मी ३६ ओभरमा १६९–५ को अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि रोहित कुमार पौडेल र करण केसीले ८.४ ओभरभित्र ६७ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए । यी दुईबीचको साझेदारी ४५ ओभरको पाँचौ बलमा प्याकुरेलले रविन्द्रजंग शाहीबाट करणलाई २८ रनमा क्याच आउट गराउदै तोडे । करणले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । अन्तिम समयमा साहब आलमले २ चौका र १ छक्का प्रहार गर्दै १६ रनमा अविजित रहे ।
कर्णालीका लागि ललित प्याकुरेलले ९ ओभरमा ६३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कप्तान रविन्द्रजंग शाही २ र प्रकाश जैशी नाममा १ को विकेट रह्यो ।
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। मधेश प्रदेशलाई मंगलवार ७ विकेटले हराउँदै बागमतीले सुपर फोरमा स्थान बनाएको छ । बागमती समूह ‘बी’बाट सुपर फोरमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो । यसअघि आजको पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सुपर फोरमा […]