6 years ago
May 23, 2019
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ड्राफ्ट बुधबार राती लन्डनमा सम्पन्न भएको छ । जसमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बार्बाडस ट्राइडेन्टसले महँगो मुल्यमा अनुबन्ध गरेको छ ।
बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेका थिए । जसमा ६ टोलीले १७-१७ खेलाडी गरि कुल १ सय २ जनालाई अनुबन्ध गरेका छन् ।
सन्दीप बाहेक नेपाली अन्य तीन युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेललाई ड्राफ्टमा कुनै टोलीले अनुबन्ध गरेनन् । त्यस्तै अफगानिस्तानका लेग स्पिनर तथा टी ट्वान्टी क्रिकेटका नम्बर वान बलर राशिद खानलाई भने कुनै पनि टोलीले अनुबन्ध गरेनन् । राशिद खान यूरो टी ट्वान्टी सलाम २०१९ प्रतियोगिताको मार्की तथा आईकन खेलाडी हुनुको साथै यी दुई प्रतियोगिता जुधेको कारण कुनै टोलीले नभित्र्याएको अनुमान गरिएको छ ।
युरो टी ट्वान्टी प्रतियोगिता आगमी अगष्ट ३० देखी सेप्टेम्बर २२ सम्म आयरल्यान्ड, नेदरल्यान्ड र स्कटल्यान्डमा हुने बताईएको छ । यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।
अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप भएका थिए । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । जसमा पारिश्रमीक ५ हजार अमेरिकी डलर थियो । एकै वर्षमा सन्दीपको पारिश्रमीकमा १४ गुणा बढेको हो । ७० हजार अमेरिकी डलर सन्दीपले अन्तर्राष्टिय फ्रेन्चाइज लिगमा प्राप्त गरेको हालसम्मकै उच्च पारिश्रमीक हो । सन्दीपको टोली बार्बाडसमा एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली, इमाद वासिम, वाहब रियाज, एलशे नर्श, शाई होप लगायतका स्टार खेलाडी रहेका छन् ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।