default_image

6 years ago

May 22, 2019

पारसको कप्तानीमा प्रदेश ३ को टोली

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा टोली जेठ १० गतेबाट सुरु हुने प्रधानमन्त्री एक दिवसिय राष्टिय प्रतियोगिताको लागि प्रदेश ३ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ ।

कप्तान पारस खड्का

बुधबार घोषणा गरेको टोलीमा कप्तान पारससँगै थुप्रै युवा खेलाडीले मौका पाएका छन् । प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

समुह ए मा रहेको प्रदेश ३ ले पहिलो खेल जेठ ११ मा टियु मैदानमा एपीएफसँग खेल्ने छ । दोस्रो खेल टियुमै जेठ १२ मा गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । मुलपानीमा जेठ १८ मा सुदूरपश्चिमसँग खेल्ने छ । अन्तिम खेल जेठ २० मा प्रदेश ५ सँग टियूमा खेल्ने तालिका रहेको छ । शीर्ष दुईमा पर्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । यस पटक प्रदेश ३ लाई उपाधिको दावेदार टोलीको रुपमा समेत हेरिएको छ ।

पीएम कप खेल्ने १४ सदस्य टोली :
१. पारस खड्का(कप्तान)
२. ज्ञानेन्द्र मल्ल(उपकप्तान)
३. सोनु तामाङ
४. जितेन्द्र सिंह ठकुरी
५. इशान पान्डे
६. रित गौतम
७. प्रतिस जि.सी
८. अभिषेक बस्नेत
९. सुर्य तामाङ्ग
१०. सोनु देवकोटा
११. नन्दन यादव
१२. गौतम केसी
१३. आदिल खान
१४. रविन जोशी (विकेटकीपर)
प्रशिक्षक : मन्जुर आलम खान
व्यवस्थापक : सुमन राज कार्की

वैकल्पिक खेलाडी :
भुपेन्द्र थापा
रेवाती यादव
सुभ कंसाकर
दिपक बोहोरा

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.