default_image

6 years ago

May 21, 2019

इंग्ल्यान्डद्वारा आर्चरसहित ३ खेलाडी परिवर्तन

105 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप सुरु हुन ९ दिन बाँकी रहेको अवस्थामा घरेलु टोली इंग्ल्यान्डले यस अघि घोषणा गरेका १५ सदस्यीय टोलीमा ३ खेलाडी परिवर्तन गरेको छ ।

गत महिना घोषणा गरेको टोलीमा ३ परिवर्तन गरेको क्रिकेट इंग्ल्यान्डले जनाएको छ । तीव्र गतिका युवा बलर जोफ्रा आर्चर, शीर्षक्रमका ब्याट्सम्यान जेम्स भिन्स र लियाम डसनलाई टोलीमा मौका दिइएको छ । यी तीन खेलाडीलाई एलेक्स हेल्स, डेविड विल्ली र जो डेनलीको स्थानमा मौका दिइएको हो ।

एकदिन अघि पाकिस्तानसँगको पाँच ओडीआई सिरिज ४-० ले जितेपछि इंग्ल्यान्डले अन्तिम टोली घोषणा गरेको हो । आर्चरले पाकिस्तानसँगको ओडीआई सिरिजमै इंग्ल्यान्डबाट डेब्यू गरेका थिए । ३ मे मा इंग्ल्यान्डको टोलीमा डेब्यू गरेको १८ दिनमै आर्चरले विश्वकपमा स्थान पाएका छन् । जेम्स भिन्स र लियाम डसन पनि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

आईसीसी वान डे वरियताको शीर्षस्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्वकप मे ३० देखि जुलाई १४ सम्म आयोजना हुनेछ । इंग्ल्यान्डले मे ३० मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

विश्वकप खेल्ने अन्तिम इंग्ल्यान्डको १५ सदस्य टोली :
१.इओन मोर्गन (कप्तान)
२.मोईन अली
३.जोनी बयरस्ट्रो
४.जस बटलर
५.टम करन
६.जोफ्रा आर्चर
७.जेम्स भिन्स
८.लियाम प्लन्केट
९.आदिल रासिद
१०.जो रुट
११.जोसन रोय
१२.बेन स्ट्रोक्स
१३.लियाम डसन
१४.क्रिस वोक्स
१५.मार्क वुड

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.