6 years ago
May 20, 2019
एजेन्सी – हरेक क्रिकेट खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ । जब विश्वकपमा आफ्नो नाम परेको थाहा हुन्छ सायद त्यो दिन उक्त खेलाडीलाई जीवकै सबैभन्दा ठूलो खुसिको क्षण हुने गर्दछ । तर पाकिस्तानी युवा अलराउन्डर आशिफ अलीलाई भने विश्वकपमा परेको अघिल्लो दिन पुत्रीशोक परेको छ ।
अली पाकिस्तानको विश्वकप टोलीमा पर्नु अघि उनको १९ महिने छोरीको क्यान्सरको कारण निधन भएको छ । जसको कारण अली विश्वकप टोलीमा परे पनि खुसी हुन सकेनन् । आईतबार राती आशिफ अलीको छोरी नुर तातिमाको अमेरिकामा क्यान्सरको कारण निधन भएको थियो ।
छोरीको निधनको कारण दुखद घढीमा रई रहेका बेला उनि पाकिस्तानको विश्वकप खेल्ने टोलीमा परे । पाकिस्तान क्रिकेट बोर्डले फहिम असरफको स्थानमा उनलाई टोलीमा मौका दिएको थियो । पाकिस्तानले सोमबार मोहम्मद आमिर, आशिफ अली र वहाब रियाजलाई टोलीमा मौका दिएको थियो । आबिद अली,जुनैद खान र फहिम असरार्फको स्थानमा यी तीन खेलाडीलाई मौका पाएका हुन् ।
पाकिस्तान बोर्डले आसिफलाई अमेरिका जानुपरेको अवस्थामा जान दिने बताएको छ । मुख्य छनोटकर्ता इन्जमाम उल हकले उनले वार्मअप खेल मात्र नभएर प्रतियोगिताको केहि खेल उनले गुमाउने अवस्था आएपनि उनलाई टोलीमा राखेरै छुट्टि दिने बताए ।
अलीले अघिल्लो वर्षमात्र पाकिस्तानको सिनियर टिममा डेब्यू गरेका थिए । सन् २०१८ जुलाई १३ मा जिम्बाबेविरुद्ध डेब्यू गरेका थिए । अलीले आइतबार राती सम्पन्न इंग्ल्यान्डसँगको पाँच ओडीआई सिरिजमा उत्कृष्ट प्रर्दशन गरेपछि विश्वकपमा मौका पाएका हुन् । अलराउन्डर अली तल्लो क्रममा ठूलो शट प्रहार गर्न माहिर हुँदा मध्यम गतिमा बलिङ गर्ने गर्दछन् ।
अलीले त्यस अघि सन् २०१७ मा नेपालको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राईनोजबाट खेलेका थिए । अलीले पाकिस्तानबाट १६ खेलमा १२ इनिङ्समा ब्याटिङ गर्दै कुल ३ सय ४२ रन बनाएका छन् ।
February 12, 2025
एजेन्सी – स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् । प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]