default_image

6 years ago

May 20, 2019

पाकिस्तानको विश्वकप टोलीमा ३ परिवर्तन

122 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ ।

परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न असफल भएका थिए । त्यस्तै युवा अलराउन्डर आसिफ अली र तीव्र गतिका बलर वहाब रियाजलाई पनि मौका दिएको छ । इंग्ल्यान्डसँगको पाँच ओडीआई सिरिज ४-० पराजित भएपछि पाकिस्तानले टोली परिवर्तन गरेको हो । त्यस अघि अष्ट्रेलियासँग पनि पाकिस्तान ५-० ले पराजित भएको थियो ।

आमिर र रियाजको आगमनले पाकिस्तानको बलिङमा केहि सुधार हुने अनुमान गरिएको छ । यी तीन खेलाडीआई आविद अली, फहिम असरार्फ र जुनैद खानको स्थानमा मौका दिइएको हो । पाकिस्तानले ३१ मे मा वेस्ट इन्डिजसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।

विश्वकपको लागि पाकिस्तानको १५ सदस्य टोली :

सरफराज अहमद (कप्तान तथा विकेटकीपर), मोहम्मद आमिर,बाबर आजम, वहाब रियाज, फखार जमान, ह्यारिस सोहेल, हसन अली, ईमाद वासिम, इमाम उल हक, आशिफ अली, मोहम्मद हफिज, मोहम्मद हुसेन, सादब खान, शाहिन शाह अफ्रिदी, सोएब मालिक ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.