6 years ago
May 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको व्ह्विलचियर एसिया कप टी ट्वान्टी प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ । शनिवार टियु क्रिकेट मैदानमा भएको फाईनल खेलमा भारतलाई ५ विकेटले हराउँदै पाकिस्तानले उपाधि जित्न सफल भएको हो ।
विजेता पाकिस्तानले ६० हजार प्राप्त गर्न उप विजेता भारतले ३० हजारमा चित्त बुझाउनु पर्यो । २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानका लागि मोहम्मद लातिफले ६८ बलमा २७ चौका र ५ छक्का प्रहार गर्दै १ सय ५६ रनमा अविजित रहे । त्यस्तै मोहम्मद फायज र सायद अहमिदले समान १५ रनको योगदान दिए । भारतका सौरभ मालिकले २ विकेट हात पारे ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । भारतका लागि सौरभ मालिकले ६२ बलमा १९ चौका र १ छक्का प्रहार गर्दै १ सय ४ तथा निखुल प्रजापतीले ६३ रनको योगदान दिए । पाकिस्तानका मोहम्मद तालिफ म्यान अफ द सिरिज घोािषत भए ।
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवारको पहिलो खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो […]