6 years ago
May 15, 2019
एजेन्सी – इंग्ल्यान्डका कप्तान ओइन मोर्गनलाई १ खेल प्रतिबन्ध लाग्ने भएको छ । पाकिस्तानसँगको तेस्रो एक दिवसिय खेलमा मंगलाबार साँझ सुस्त गतिमा बलिङ गराएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले कारबाही गरेको हो छ ।
यस गत अघि फे्रबुअरी २२ मा वेस्ट इन्डिजसँगको खेलमा पनि सुस्त गतिमा बलिङ गराएको भन्दै मोर्गन कारबाहीमा परेका थिए । आईसीसीको आचार सहिंता २.२२.१ का अनुसार कुनै पनि कप्तान सुस्त गतिको बलिङको कारण एक वर्षमा दुई पटक कारबाहीमा पर्छ भने उसलाई २ टी ट्वान्टी वा एक वान डे खेलमा प्रतिबन्ध लाग्ने गर्दछ ।
त्यसै अनुसार मोर्गनलाई पाकिस्तानसँगको चौथो वान डे खेलमा प्रतिबन्ध लागेको हो । १ खेल प्रतिबन्धसँगै उक्त खेलको मोर्गनलाई ४० प्रतिशत पारिश्रमीक पनि काटिने छ । पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा इंग्ल्यान्ड १२ रनले विजयी भएको थियो । सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता कायम गरेको छ । चौथो खेल आगमी शुक्रबार हुने छ ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]