default_image

6 years ago

May 9, 2019

दुई मिनेटमै सकियो आईपीएल फाइनलको टिकट

58 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलेको टिकट १ सय २० सकेण्ड अर्थात दुई मिनेटमा सकिन पुगेको छ ।

भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनलको टिकट ब्रिकी गर्न आदेश दिएको थियो । आदेश दिएको दुई मिनेटमै सबै टिकट बिकी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै हैदरवाद क्रिकेट संघले दुई मिनेटमै कसरी आईपीएलको टिकट सकियो भनेर प्रश्न उठाएको छ ।

फ्रेन्चाईज टोलीले सबै टिकट बुक गरेको हुन सक्ने शंका गरिएको छ । टिकटको मुल्य १ हजार देखी २५ हजार सम्म रहेको थियो। फाईनल हुने भनिएको राजिभ गान्धी इन्टर नेशलन क्रिकेट स्टेडियमको क्षमता ५५ हजार दर्शक अट्ने रहेको छ ।

आईपीएलको फाईनलमा मुम्बई इन्डियन्स पुगिसकेको छ । दोस्रो क्वालिफायर दिल्ली र चेन्नई सुपर किंग्ससँगबीच शुक्रबार प्रतिस्पर्धा हुने छ । विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डियन्ससँग भिड्ने । फाईनल आईतबार हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा हुनेछ ।

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

January 20, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार दोस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]

Success

Thank you for your time.