6 years ago
May 9, 2019
चितवन (हाम्रो खेलकुद)- तेक्वान्दोका कीर्तिमानी पदकधारी तथा ओलम्पियन दीपक विष्टको संयोजकत्वमा धुर्मुस सुन्तली फाउण्डेशले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि १३ सदस्यीय खेलकुद समिति गठन गरिएको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न खेलकुदका व्यक्तित्वहरुलाई समेट्दै १३ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा दीपक विष्ट रहँदा फुटबलबाट हरि खड्का, तेक्वान्दोकी संगीना वैद्य, भलिबलका भरत शाह, क्रिकेटका दास, पौडीकी गौरिका सिंह, करातेका दीपक श्रेष्ठ, क्रिकेटकी रुविना क्षेत्री, भलिबलकी सरस्वती चौधरी, बक्सिङका दीपक महर्जन, बडिबिल्डिङका महेश्वर महर्जन, फुटबलकी सावित्रा भण्डारी ‘साम्बा’, फुटबलकै अनिल गुरुङ र क्यानका पुवै सिओओ छुम्बी लामा रहेका छन् ।
समितिले रंगशाला निर्माणका लागि देश विदेशमा बिभिन्न आर्थिक संकलनका अभियानहरु सञ्चालन गर्ने र सबै खेलाडीहरुलाई अपनत्व ग्रहण हुने गरी सहयोग गर्नेछ ।
खेलकुद समितिका सल्लाहकारमा धावक बैकुण्ठ मानन्धर, फुटबलका पूर्व खेलाडी राजुकाजी शाक्य, नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा रहेका छन् ।
रंगशाला निर्माण अभियानको सद्भावनादुतमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र सन्दीप लामिछाने रहेका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको २० बिघा र ६ कठ्ठा जमिनमा सुविधा सम्पन्न स्टेडियम र स्पोर्टस् हव बनाउन लागेको छ ।
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]