default_image

6 years ago

May 9, 2019

राष्ट्रिय टोलीमा कमब्याक गर्न सक्ने ३ खेलाडी

85 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा एक पछि अर्को सफलता हात पारिरहेको छ । जुन सफलताले क्रिकेट मात्र नभई सिङ्गो नेपाली खेलकुदमानै नयाँ उत्साह, उमंग र खुसी थपेको छ ।

पछिल्लो समयको सफलतासँगै खेलाडीहरुबीच टोलीमा स्थान बनाउन तीव्र प्रतिस्पर्धा छ । यो प्रतिस्पर्धालाई लिएर कप्तान पारस खड्काले बेला बेलामा खुसि व्यक्त गर्ने गर्दछन् । सबै खेलाडीको सपना राष्ट्रिय टोलीको जर्सीमा उत्रँदै अन्तर्राष्ट्रिय स्तरमा देशको लागि खेल्ने हुन्छ । तर त्यो सपना सबैको पुरा हुँदैन ।

उमेर समुह र घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी राष्ट्रिय टोलीसम्म पुग्ने गर्दछन् । मौका पाएको बेलामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले टोलीमा निरन्तरता पाउँदा आफूलाई प्रमाणित गर्न नसक्ने खेलाडीले अर्को पटक मौका पाउदैनन् । नेपालमा मात्र होइन विश्वमानै यसै गरि चल्ने गर्दछ । घरेलु र उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्ने सबैले सिनियर टोलीमा मौका पाउछन् भन्ने पक्का हुँदैन । टोलीको आवश्यकता पनि त्यहि अनुसारको हुनुपर्छ । कुनै पनि खेलाडीलाई पुन राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सबैभन्दा सजिलो माध्यम घरेलु प्रतियोगिता हो ।

नेपालले वि.सं. २०७६ मा आईसीसी टी२० विश्वकप एसिया छनोट देखी आईसीसी विश्वकप लिग–२ जस्ता प्रतियोगिता खेल्ने निश्चित छ । अन्य देशसँग सहकार्य गर्दै ओडआई र टी ट्वान्टी सिरिज खेल्न सक्छ तर निश्चित छैन । त्यस्तै नेपाली टोलीका यी तीन खेलाडी जसले २०७६ मा राष्ट्रिय टोलीमा कमब्याक गर्न सक्छन् ।

३. सुशन भारी (स्पिनर)

२४ वर्षिय स्पिनर सुसन भारी घरेलु र उमेर समुहमा निरन्तर उत्कृष्ट प्रर्दशन गरिरहँदा पनि टोलीमा मौका नपाएका खेलाडी हुन् । नेपाली टोलीमा पछिल्लो एक दशक वसन्त रेग्मी र शक्ति गौचनले स्पिनरको रुपमा निरन्तर राज गरे । जसको असर नयाँ प्रतिभामा पर्न पुग्यो । भारी त्यसै मध्यका एक उदारण हुन् । आईसीसी विश्व क्रिकेट च्याम्पियनशिप लिग अन्तर्गत हङकङबीरुद्ध सन् २०१७ मा अक्टोबर १३ मा भारीले नेपालबाट डेब्यू गर्दै १ विकेट लिएका थिए । त्यसयता भने उनले राष्ट्रिय टोलीमा मौका पाएका छैनन् ।

भारीले पछिल्लो समय घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । आर्मीबाट घरेलु क्रिकेट खेल्ने उनी गत प्रधानमन्त्री कप क्रिकेटमा प्रतियोगिताकै उत्कृष्ट बलर चुनिएका थिए । तर टोलीमा मौका पाएनन् । फ्रेन्चाइज प्रतियोगिताहरु डीपीएल, पीपीएल र ईपीएलमा पनि उनको प्रर्दशन उत्कृष्ट छ । दुई साता अघि नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि उनले उत्कृष्ट प्रर्दशन गरे ।

सुशनकै गुरु रहेका शक्ति गौचनले राष्ट्रिय टोलीबाट सन्न्यास लिई सकेका छन् । स्पिनरको रुपमा नेपालबाट अहिले सन्दीप लामिछानेको स्थान निश्चित जस्तै छ भने अन्यको स्थानमा सबै प्रतिभावान् खेलाडीको लागि खुल्ला देखिन्छ । वसन्त रेग्मीको ढल्किदो उमेरको प्रभाव प्रर्दशनमा पनि पर्न थालेको छ । शक्तिको सन्न्यास र वसन्तको ढल्किदो उमेरसँगै भारीले यो वर्ष टोलीमा मौका पाउन सक्छन् ।

२. भुवन कार्की (स्पिन अलराउन्डर)

भुवन कार्की घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दा गर्दैपनि टोलीमा मौका नपाएका अलराउण्डर हुन् । २५ वर्षीय भुवनलाई धेरै समर्थकले अभागी खेलाडी भन्ने गर्दछन् । भुवनले सन् २०१२ मा कुवेतविरुद्ध नेपाली टोलीमा डेब्यू गरेका थिए । त्यसै वर्ष अष्ट्रेलियामा भएको यू१९ विश्वकपमा उनले ६ खेलमा ९ विकेट लिदै सनसनी मच्चाए । कार्कीले सन् २०१४ सम्म यू१९ क्रिकेटमा निरन्तर खेलिरहे । लगातार दुई वर्ष उमेर समुहमा उत्कृष्ट प्रर्दशन गरि रहे । सन् २०१४ मा भएको नेपाल प्रिमियर लिगमा पन्चकन्या तेजबाट खेल्दै १५ विकेट लिएपछि उनी म्यान अफ द सिरिज चुनिए ।

सन् २०१४ मा डिभिजन थ्रीमा राष्ट्रिय टोलीबाट दुई खेल खेल्दै ७ विकेट लिए । नेपाललाई डिभिजन थ्रीको उपाधि दिलाउन उनले फाइनलमा युगान्डाविरुद्ध ४ विकेट लिएका थिए । सन् २०१५ जनवरी २४ मा डिभिजन टु अन्तर्गत तेस्रो स्थानको लागि केन्यासँग भएको खेलमा लिष्ट ए मा डेब्यू गरे । त्यस यता भने उनले टोलीमा मौका पाएका छैनन् ।

गत फागुनमा डीपीएलमा सीवाईसी अत्तरियालाई च्याम्पियन बनाउदै कार्कीले ७ खेलमा १४ विकेट लिए र प्रतियोगिताकै उत्कृष्ट बलर घोषित भए । ईपीएल र पीपीएलमा पनि उनको प्रर्दशन उत्कृष्ट छ । आठौं राष्ट्रिय खेलकुदमा पनि उनको प्रर्दशन उत्कृष्ट रह्यो । ओडीआई मान्यतासँगै नेपाली क्रिकेट निरन्तर व्यस्त रहने छ । शक्तिको सन्न्यास र वसन्तको ढल्किदो उमेरसँगै स्पिनरलाई टोलीमा स्थान बनाउन सहज पनि छ । जसको फाईदा उत्कृष्ट लयलाई कायम राख्दै भुवनले उठाउन सक्छन् ।

१. सुनिल धमला (ओपनर)

ओपनिङ ब्याटिङ नेपाली क्रिकेटको नौलो समस्या होइन । नेपालको लगभग सबै स्तरको टोलीमा यो सबैभन्दा ठूलो समस्या बन्दै आएको छ । पछिल्लो एक दशकमा सबैभन्दा बढि फेरबदल भएको पोजिसन पनि सायद ओपनीङ जोडीनै होला । नेपालले पछिल्लो एक वर्षमा प्राय हरेक प्रतियोगितामा नयाँ ओपनर जोडी मैदान उतारेको छ । ओपनिङ समस्या समधान होला भन्दा झन झन खराव प्रर्दशन भई रहेको छ । जुन नेपाललाई ठूलो चिन्ताको विषय पनि हो ।

सन् २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकपमा नेपाललाई क्वाटरफाईनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेपछि सन् २०१७ मार्च ११ मा धमलाले केन्याविरुद्ध घरेलु मैदान टियुमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनी डेब्यूमा ३ रनमा आउट भए । दोस्रो खेलमा पनि १ रनमा आउट हुनपुगेपछि टोलीमा उनले पुन मौका पाएका छैनन् ।

नेपाली टोलीको बन्द प्रशिक्षणमा नियमित स्थान बनाएपनि उनले वैकल्पिक खेलाडीको रुपमा चित्त बुझाउदै आएका छन् । नेपाली घरेलु लिगमा धमलाको प्रर्दशन उत्कृष्ट छ । सन् २०१८ मा उत्कृष्ट लयमा देखिएका धमलाले टोलीमा मौका पाउन सकेनन् । त्यसपछि नेपालले अनिल कुमार शाह र दिलिप नाथलाई मौका दियो । अनिलले केहि सम्भावना देखाएपनि दिलिप भने चाल्न सकेनन् । धमला पछि ज्ञोनेन्द्र मल्ल, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल कुमार शाह, दिलिप नाथ, सुवास खकुरेल लगातएका खेलाडी ओपनरको रुपमा प्रयोग भएका छन् । तर कुनै पनि खेलाडीको प्रर्दशन राम्रो छैन ।

अहिले पनि नेपाली टोली उत्कृष्ट ओपनरको खोजीमा छ । घरेलु लिगमा पनि अन्य ओपनरको प्रर्दशन सन्तोषजनक छैन । अन्य खेलाडीले भन्दा धमलाले राम्रो प्रर्दशन गर्दै आएका छन् । त्यसैले उनले यो वर्ष टोलीमा मौका पाउन सक्छन् । ओडीआई मान्यता पाएपछि प्राविधिक रुपमा निपुण धमला जस्ता ओपनरलाई उचित प्रयिग तयार पार्न सके नेपालले पछाडि फर्केर हेर्नु पर्दैन ।

April 10, 2025

आरसिबी र दिल्ली भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]

April 10, 2025

कुशलको सानदार प्रदर्शनमा नेपालको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

Success

Thank you for your time.