6 years ago
May 8, 2019
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले क्वालिफायरमा स्थान बनाएको छ । अब दिल्लीले फाईनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग खेल्ने छ । हैदरवादको भने यस सिजनको आईपीएल यात्रा यहि सकिएको छ । दिल्लीले पहिलो पटक प्ले अफ जितेको हो ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीलाई अन्तिम ओभरमा जितकोलागि ५ रन चाहिएको थियो । पाँचौ बलमा किमो पलले चौका प्रहार गर्दै दिल्लीको जित पक्का गरे ।
दिल्लीको जितमा नायक बनेका विकेटकीपर ऋषभ पन्तले विश्फोटक ब्याटिङ गर्दै २१ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रनमा क्याच आउट भए । पन्तलाई १९ अौं ओभरको पाँचौ बलमा भुवनेश्वर कुमारले मोहम्मद नाबी बाट क्याच आउट गराए ।
त्यस्तै ओपनर पृथ्वी शा ले ५६ रनको योगदान दिए । ११ ओभरको अन्तिम बलमा खलिल अहमदले विजय शंकरबाट क्याच गराउनु अघि शा ले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि ७.३ ओभरमा धवन र शा ले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दिपक हुड्डाले विकेटकीपर रिद्धीमान शाहबाट धवनलाई १७ रनमा स्टम्पिङ गर्दै हैदरावादलाई पहिलो सफलता दिलाए । ११ ओभरको दोस्रो बलमा खलिल अहमदले विकेटकीपर शाहबाट कप्तान श्रेयस ऐरलाई ८ रनमा आउट गरे ।
यसै ओभरको अन्तिम बलमा खलिलले विजय शंकरबाट पृथ्वी शालाई क्याच आउट गराएपछि हैदरावाद खेलमा फर्किने संकेत देखाएको थियो । १५ औं ओभरको पहिलो बलमा कोलिन मुनरो र चौथो बलमा अक्षर पटेललाई राशिद खानले आउट गरेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । किमो पल ५ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान,भुवनेश्वर कुमार र खलिल अहमदले समान २ तथा दिपक हुड्डाले १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान विशाखापट्नमा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरको ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।
उसका लागि ओपनर मार्टिन गुप्टिलले १९ बलमा ४ छक्का र १ चौका सहित ३६ सर्वाधिक रनको योगदान दिए । कप्तान केन विलियम्सनले २७ बलमा २ चौका सहित २८ रन बटुले ।
मनिष पान्डेले ३६ बलमा ३ चौका सहित ३०,रिद्धीमान शाह ८ रनमा आउट भए । तल्लो कमका विजय शंकरले ११ बलमा समान २ चौका र छक्का सहित २५ रनको योगदान दिदै हैदरावादलाई प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याए । मोहम्मद नाबीले १३ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
चौथो ओभरको पहिलो बलमा ईशान्त शर्माले कप्तान श्रेयस ऐरबाट क्याच आउट गराएपछि हैदरावादले पहिलो विकेटका रिद्धीमान शाहलाइ गुमाएको थियो । सातौ ओभरको तेस्रो बलमा आक्रमक ब्याटिङ गरि रहेका गुप्टिललाई अमित मिश्राले किमो पलबाट क्याच गराए । यी दुबै आउट भएपछि हैदरवादले सुस्त गतिमा रन जोडेको थियो ।
चौधौं ओभरको चौथो बलमा पलले पान्डेलाई क्याच आउट गराए । १६ औं ओभरको पाँचौ बलमा इशान्त शर्माले विलियम्सनलाई बोल्ड आउट गरेपछि हैदरावाद ठूलो योगफल बनाउनबाट चुकेको हो । दिल्लीका किमो पलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ईशान्त शर्माले २, अमित मिश्रा र टेन्ट्र बोल्टको नाममा समान १ विकेट रह्यो ।
योजितसँगै दिल्लीले अव फाईनल प्रवेशको लागि आगमी शुक्रबार चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बई पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरि सकेको छ । फाईनल आगमी आतबार हुने छ । हैदरावाद भने आईपीएलबाट बाहिरिएको छ ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]