6 years ago
May 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्ले प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) बाट नखेल्ने बताएका छन् ।
जेठ १ देखि राजधानीमा सुरु हुने प्रधानमन्त्री कप प्रतियोगितामा ज्ञानेन्द्रले प्रदेश नम्बर ३ बाट खेल्ने जानकारी दिए । कप्तान पारस खड्का पनि एपीएफ छाडेर प्रदेश तीनबाटै प्रधानमन्त्री कप क्रिकेट खेल्दै छन् । प्रधानमन्त्री कपका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुँदैछ । मल्लले पछिल्लो समय फागुनमा भएको धनगढी प्रिमियर लिग (डिपिएल) मा काठमाडौं गोल्डेन्सबाट खेलेका थिए । तर उनको टोली गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिस्कार गरेको थियो ।
आठौं राष्ट्रिय खेलकुदको क्रिकेटअन्तर्गत प्रदेश ३ स्तरीय छनोट काठमाडौंबाट खेल्ने तयारीमा रहेका मल्ललाई डीपीएल बहिस्कारको कारण देखाउँदै टेक्निकल कमिटिले ४ खेलको प्रतिबन्ध लगाएको थियो । फाईनल खेलमा प्रतिबन्ध फुकुवा भएपनि मल्ल पारिवारीक कारण देखाउदै खेलेका थिएनन् । मल्ल दुई साता अघि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष पनि खेलेका थिएनन् ।
पहिलो संस्करणको प्रधानमन्त्री कप २०७४ मा ज्ञानेन्द्र मल्लले एपीएफबाट खेलेका थिए । दोस्रो संस्करण भने मल्ल चोटका कारण खेलेका थिएनन् । मल्लले आफु प्रदेश तीनबाट खेल्ने तयारीमा रहेको हाम्रो खेलकुदलाई जानकारी दिए ।
प्रधानमन्त्री कपमा ७ प्रदेश र तीन विभागीय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । प्रधानमन्त्री कपको विजेताले उपाधि सहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् ।
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]