6 years ago
May 8, 2019
एजेन्सी – त्रिकोणात्मक सिरिज अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा बंगलादेशले सहज जित निकालेको छ । मंगलबार राती सम्पन्न खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ ।
२ सय ६२ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५ ओभरका २ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशका लागि ओपनर तामिम इकवालले सर्वाधिक ८० रनको योगदान दिए । उनले १ सय १६ बलको सामना गर्दा ७ चौका प्रहार गरे । सौम्य सरकारले ६८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बटुले ।
पहिलो विकेटका लागि सरकार र इकवालले २६ ओभरमा १ सय ४४ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । सकिब अल हसन ६१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६१,मुश्फिकुर रहीम ३२ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि शैनन गेब्रियल र रोस्टन चेशले समान १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट हात पार्न सकेनन् ।
त्यस अधि डबलिनमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो । उसका लागि ओपनर शाई होपलले लगातार शतक प्रहार गर्ने क्रममा १ सय ९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । होपले १ सय ३२ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।
रोस्टन चेश ५१, सुनिल अम्ब्रिस ३८ र एस्ली नर्शले १९ रनको योगदान दिए । बंलादेशका लागि कप्तानमशरफे मोर्तज़ाले ३,मुस्ताफिजुर रहमान र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए । बंगलादेश,आयरल्यान्ड र वेस्ट इन्डिजबीच त्रिकोणात्मक सिरिज चलि रहेको छ ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]