default_image

6 years ago

May 8, 2019

विश्वकप अघि अष्ट्रेलियालाई झट्का !

49 views

0 Bookmark

एजेन्सी – आगमी महिना देखी इंग्ल्यान्ड र वेल्समा सुरु हुने एक दिवसिय विश्वकप अघि अष्ट्रेलियालाई झट्का लागेको छ ।

अष्ट्रेलियाका तीब्र गतिका बलर झेय रिचड्सनले विश्वकप गुमाउने भएका छन् । क्रिकेट अष्ट्रेलियाका अनुसार चोटका कारण झेय रिचड्सनले विश्वकप गुमाउने भएपछि उनको स्थानमा केन रिचड्सनलाई टालीमा मौका दिईएको छ । पछिल्ला ८ ओडीआई खेलमा अपराजित रहेको अष्ट्रेलियालाई उपाधिको प्रमुख दावेदार टोली मानिएको छ ।

डेविड वार्नर, आरोन फिन्च, उस्मान खवाजा, ग्लेन म्याक्सवेल उत्कृष्ट लयमा रहँदा अष्ट्रेलियाले विश्वकप जित्न सक्ने प्रबल संभावना बढेको हो । अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्ने छ ।

अष्ट्रेलियाको विश्वकप खेल्ने टोली : आरोन फिन्च (कप्तान), जेसन बेहरनडर्फ, एलेक्स केरी (विकेटकीपर), नाथन कुल्टर नाईल, प्याट कमिन्स, उस्मान खवाजा, नाथन लायन, शन मार्श, ग्लेन म्याक्सवेल, केन रिचड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोईनिस, डेविड वार्नर, एडम जम्पा

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

January 20, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार दोस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]

Success

Thank you for your time.