6 years ago
May 7, 2019
एजेन्सी – मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ । मंगलार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो ।
मुम्बईले १ सय ३२ रनको सामान्य विजयी लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको सहज जितमा सुर्य कुमार यादवले ५४ बलमा १० चौका सहित ७१ रनमा अविजित रहे । पाँचौ ओभरको तेस्रो बलमा मुरली विजयले यादवको क्याच छाड्दै जीवन दान दिएका थिए । जीवनदान पाएका यादव चेन्नईका लागि घातक सावित बन्न पुगे ।
मुम्बईले पहिलो ओभरको दोस्रो बलमै कप्तान रोहित शर्मालाई ४ रनमा गुमाएको थियो । रोहितलाई दिपक चाहरले एलवी डब्लू आउट गरे । चौथो ओभरको दोस्रो बलमा क्विन्टन डी ककलाई ८ रनमा क्याच गराउँदै दवावमा राख्न खोजेका थिए । तर तेस्रो विकेटका लागि सुर्य कुमार यादव र इशान किशनले ८० रनको उत्कृष्ट साझेदारी गरेपछि मुम्बईको जित पक्का बनेको थियो ।
इमरान ताहिरले १४ औं ओभरको पाँचौ बलमा बोल्ड आउट गर्नु किशनले ३१ बलमा समान १ चौका र छक्का सहित २८ रनमा आउट भए । हार्दिक पान्ड्या १३ रनमा अविजित रहँदा कुनाल पान्ड्या डक आउट भए । चेन्नईका लागि इमरान ताहिरले २,दिपक चाहर र हरभजन सिंहले समान १ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ गुमाउँदै १ सय ३१ रन बनाएको थियो । चेन्नईका आम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चेन्नईलाई मध्यम योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी तल्लो क्रममा ३७ रनमा अविजित रहे । धोनीले २९ बलमा ३ छक्का प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा जसप्रित बुमराहले महेन्द्र सिंह धोनीलाई क्याच आउट गराएपनि नो बल भएपछि जीवन दान पाएका थिए ।
चेन्नईको सुरुवात खराव रह्यो । तेस्रो ओभरको पहिलो बलमा राहुल चाहरले अनोमल प्रितीसिंहबाट फाफ डु प्लेसिसलाइ ६ रनमा क्याच आउट गराए । चौथो ओभरको तेस्रो बलमा जयन्त यादवले आफैं क्याच लिदैं सुरेश रैनालाई ५ रनमा आउट गरे । छैटौं ओभरको अन्तिम बलमा कुनाल पान्ड्याले जयन्त यादवबाट शेन वाटशनलाई १० रनमा क्याच गराएपछि सुरुवाती समय चेन्नई दवावमा परेको थियो । १३ ओभरको पहिलो बलमा राहुल चाहारलेनै विकेटकीपर क्विन्टन डी ककबाट मुरली विजयलाई २६ रनमा स्टम्पिङ आउट गरे । विजयले २६ बलमा ३ चौका प्रहार गरे ।
पाँचौ विकेटका लागि कप्तान महेन्द्र सिंह धोनी र आम्बाती रायडुले ६६ रनको अविजित साझेदारी गरेपछि चेन्नईले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेको हो । मुम्बईका राहुल चाहारले २,जयन्त यादव र कुनाल पान्ड्याले समान १ विकेट लिए ।
अव बुधबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच एलिमिनेटर खेल हुने छ । जसको विजेता चेन्नईसँग दोस्रो क्वालिफायर खेल्ने छ । विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डीयन्ससँग आइतबार भिड्ने छ ।
January 19, 2025
सुमन अधिकारी, बुटवल भैरहवामा जारी ‘ए’ डिभिजनको रुपन्देही सुपरलिग क्रिकेटमा आइतवार मेलवर्न क्रिकेट क्लब (एमसिसी) ले जेआर क्रिकेट क्लबलाई पराजित गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआर क्रिकेट क्लब ६२ रनमा अल आउट भएको थियो।६३ रनको लक्ष्य पाएको मेलवर्नले विकेट नगुमाई पूरा गरेको हो ।मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, […]
January 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ । कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो । घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु […]
January 19, 2025
हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]