6 years ago
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा हुनेछ । आईसीसीले हालसम्म नेपालले प्रतियोगिताअन्तर्गत खेल्ने सुरुआती तीन सिरिजको मात्र स्थान टुंगो लगाएको छ ।
नेपालले फेब्रुअरी २०२० मा घरेलु मैदानमा सिरिज खेलेपछि नामिबिया र पपुवा न्यूगिनीमा अन्य दुई सिरिज खेल्नेछ । नामिबिया र नेपालसँगै स्कटल्यान्ड सम्मिलित सिरिज २०२० अप्रिल २० देखि २७ सम्म नामिबियामा हुनेछ । पीएनजीमा भने घरेलु टोलीसँगै यूएई र नेपाल सम्मिलित भएर सन् २०२० जुन ९ देखि १६ सम्म त्रिकोणात्मक सिरिज नै हुनेछ ।
त्यसपछि नेपाल, नामिबिया र स्कटल्यान्डले सन् २०२० को जुनमै अर्को सिरिज खेल्नेछन् । उक्त सिरिजको स्थान भने तय भएको छैन । नेपालले त्यसपछि जनवरी २०२१ मा ओमान र अमेरिका तथा फेब्रुअरी २०२१ मा यूएई र पीएनजीसँग खेल्ने कार्यक्रम रहेको छ । अगष्ट २०२१ मा अमेरिका र ओमानसँग सिरिज खेल्ने नेपालले नोभेम्बर २०२१ मा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । लिगको अन्त्य सन् २०२२ जनवरीमा यूएई र पीएनजीविरुद्ध सिरीज खेलेर हुनेछ ।
हरेक सिरिजमा नेपालले दुवै देशसँग २-२ पटक वान डे खेल खेल्नेछन् । त्यसबाहेक टोलीले अन्य खेल खेल्ने सम्भावना पनि रहन्छ । विश्वकप लिग २ अन्तर्गत हरेक टोलीले ३६ खेल खेल्नेछन् ।
यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् । पुछारका ४ टोली भने विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् । उक्त प्लेअफमा च्यालेन्ज लिगबाट आएका विजेतासँग अन्तिम छनोटका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]