default_image

9 years ago

May 9, 2016

कोहलीको बैंगलोरको सनसनीपूर्ण जित

122 views

0 Bookmark

चण्ढीगढ (एजेन्सी)- रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार किड्स इलावन पञ्जाबमाथि १ रनको सनसनीपूर्ण जित हासिल गरेको छ । एबी डि भिलयर्सको अर्धशतकबाट प्रेरित बैंगलोरले पहिले ब्याटिड् गदै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जवाफमा कप्तान मुरली विजयको उच्च प्रदर्शनका वावजुद पञ्जाबले ४ विकेट गुमाएर सय ७४ रन बनायो जसका कारण टोली १ रनले पराजित बन्यो ।

बैंगलोरका एबी डि भिलियर्स ब्याटिड्का क्रममा ।

बैंगलोरका एबी डि भिलियर्स ब्याटिड्का क्रममा ।

पहिलो विकेटका लागि हासिम अमलासँग ४५ रनको साझेदारी गरेका मुरलीले ८९ रन बनाउँदै टोलीलाई जितको नजिक पुर्याएका थिए । तर टोलीले अन्तिम ओभरमा दुई छक्का प्रहार गरेर पनि खेल्न जित्न सकेन । ऋद्दिमान शाहले १६ रन बनाए भने मार्कुस स्टोनिसले अविजित ३४ रन जोडे । बंैगलोरका लागि शेन वाट्सन र युजभेन्दर चाहलले समान २ विकेट लिए
त्यसअघि डी भिलियर्सले तीब्रगतिमा रन जोड्ै बैंगलोरलाई उकासेका थिए । पहिलो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलले ६३ रनको साझेदारी गरेका थिए । राहुलले २५ बलमा ६ चौका र १ छक्कासहित ४२ रन बनाएपछि डी भिलियर्सले बंैगलोरको मोर्चा सम्हालेका थिए । तर, त्यसबीचमा कप्तान कोहली २० रनमा आउट भए । लगत्तै वाटसन १ रनमा आउट भए । त्यसपछि डी भिलियर्सले चौथो विकेटका लागि सचिन बाबीसँग ८८ रनको साझेदारी गरे । डी भिलियर्सले ३५ बलमा सर्वाधिक ६४ रन जोडे । उनले ५ चौका र २ छक्का प्रहार गरे । बाबीले २९ बलमा ३३ रन बनाए ।

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.