6 years ago
May 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा अन्तर प्रदेश यू१६(राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेशले प्रदेश १ लाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको हो । त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।
सुदूरपश्चिम प्रदेशका लागि सुवास ऐरले सर्वाधिक ४३ रनको पारी खेलेका थिए । उनले ४१ बलमा ७ चौकाको प्रहार गरेका थिए । यस्तै धिरेन्द्र ठाकुरले २५ रन , सन्दिप बिष्टले २२ रन , अनिल थापाले २० तथा आशिष भट्टले २६ रनको योगदान गरेका थिए । १ का लागि सरवनले सर्वाधिक ३ विकेट लिए । बिपिन महतोले २ तथा अमित रोयको नाममा १ विकेट रह्यो ।
१ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले २५.२ ओभरमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो । प्रदेश १ का लागि सुमन सुन्दासले सर्वाधिक ४४ रनको योगदान गरे । ३५ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए ।
आईस्टाईन रिजालले ३१ तथा सिमरन राईले २७ रनको योगदान गरे । बाँकी खेलाडीको प्रर्दशन सम्झन योगय रहेन । प्रदेश एकका सुवासले एक्लैले ४ विकेट लिए ।
गोबिन्द्र बिष्ट,सन्देश भट्ट ,सचिन बडायक र बरलिङ गिरिले समान १(१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुबाश ऐर घोषित भए । त्यस्तै अर्को सेमीफाइनल खेलमा अहिले प्रदेश २ र प्रदेश ३ बीच प्रतिस्पर्धा भई रहेको छ ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]