6 years ago
May 7, 2019
भुपेन्द्र जिसी, काठमाडौं
नेपालले एकदिवसिय (ओडीआई) मान्यता पाएको १४ महिना पुग्दा घरेलु मैदानमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । गत माघमा यूएईलाई २–१ ले पराजित गर्दै नेपालले पहिलो ओडीआई सिरिज जित्दै इतिहास रच्न सफल भएको थियो । आईसीसीले मंगलबार मात्र जारि गरेको खेल तालिका अनुसार नेपालले माघ दोस्रो साता अमेरिका र ओमानसँग विश्वकप लिग -२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिज खेल्ने भएको छ । उक्त सिरिज टीयू क्रिकेट मैदानमै हुने पक्का भएको छ ।
नेपाली समर्थक र शुभचिन्तक टियू क्रिकेट मैदानमा पहिलो ओडीआई खेलको पर्खाईमा छन् । अझ घरेलु मैदानमा टेष्ट राष्ट्रसँगको नेपालले प्रतिस्पर्धा गरेको हेर्ने एउटा सपना नै बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) तीन वर्ष यता आईसीसीको निलम्बनमा छ ।
पछिल्लो तीन वर्षमा नेपालले आईसीसीकै रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । क्यान निलम्बन रहेकै अवस्थामा ओडीआई मान्यता देखी पहिलो वान डे तथा टी ट्वान्टी सिरिज जस्ता सफलता हात पार्न सफल पनि भयो । नेपाली क्रिकेट क्रेजलाई देखेर आईसीसीले दुई पटक टियु क्रिकेट मैदान निरिक्षणको लागि आफ्नो प्रतिनिधि नेपाल पठाएको थियो । यस अर्थमा आईसीसी पनि नेपालमा ओडीआई सिरिज खेलाउन इच्छुक र लालायित छ । क्रिकेट जानकारका अनुसार टियू मैदान योग्य नभएकै कारण यूएईसँगको वान डे र टी ट्वान्टी सिरिज नेपालले घरेलु मैदानमा खेल्न नपाएको बताउँछन् ।
आगामी दुई वर्षमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को प्रतियोगितामा नेपालले होम अवे मैदान गरि कुल ३६ ओडीआई खेल खेल्ने छ । जस मध्य केहि वान डे नेपालमा हुने छन् । हालसम्म नेपालले खेल्ने तीन सिरिज पक्का हुँदा पहिलो सिरिज नेपालमा हुने पक्का भएको छ भने अन्य दुई नामिबिया र पीएनजीमा हुनेछ ।
पछिल्लोपटक आईसीसी विश्व च्याम्पियनशिप लिग २०१५–१७ अन्तर्गत टियु मैदान योग्य नभएको भन्दै आईसीसीले पपुवा न्युगिनीसँगको खेल नेपालमा गराएको थिएन । पछि नामिबिया र केन्यासँगको खेल आनाकानी गर्दै खेलाएको थियो ।
गत बिहीबार हाम्रोखेलकुदसँग कुरा गर्दै अन्तर्राष्ट्रिय एम्पायर विनयकुमार झाले तत्कालको अवस्थामा टियू मैदान ओडीआई खेलाउन योग्य नभएको स्विकार गरे । झा का अनुसार ओडीआई खेल्न योग्य मैदानमा तीन कुरा सबै भन्दा बढि महत्वपूर्ण हुन्छ । ‘सबै भन्दा पहिला पिचको स्तर राम्रो हुनुपर्छ जुन अहिले हाम्रो छैन । आउटफिल्डमा घाँस भएको हुनुपर्छ । खेलाडीले राम्रो सुरक्षा पाउन सक्ने पेभिलिएन तथा क्यान्टिनको व्यवस्था हुनुपर्छ । अन्य सुविधा भने हाम्रोमा छ । आयरल्यान्डमा पेभिलिएन नभएपनि टेन्ट लगाएर ओडीआई खेल पनि भएका छन् । हामीलाई सबैभन्दा आवश्यक भनेको पिच र आउटफिल्डको स्तर नै हो,’ झाले भने ।
‘कुनैपनि देश ओडीआई खेल्न आउदा उसलाई पिच र आउटफिल्ड राम्रो भए पुग्छ । हाम्रो पेभिलिएन एउटा वान डे स्टाटस पाउने खालको त छैन । तै पनि निर्माणाधीन छ, भवन बन्दै छ । यसैलाई मिलाएर खेलाउन सकिन्छ । पिच र आउटफिल्डमा नियमित काम नभएर बिग्रेको झा को बुझाई छ । पिच र आउट फिल्डलाई नियमित पानी हाल्नुपर्छ,घाँस हटाएर दुबो निरन्तर रोप्नुपर्छ । हाम्रो पिचमा दुबो छैन, दुबो नभएको पिच त्यति राम्रो मानिदैन,’ झाका अनुसार निरन्तर काम गर्ने हो भने कम्तिमा १ महिना देखी डेढ महिनामा टियुलाई वान डे खेल्न योग्य बनाउन सकिन्छ ।
‘टियुको स्तर सुधार गर्नमा धेरै ढिला गरिरहेका छौं । हङकङ हिजो वान डे मान्यता पाएको देश हो । आज गुमाएको छ । भोली नेपाल कहाँ हुनेछ भन्ने कसैलाई पनि थाहा छैन । ओडीआईलाई निरन्तता दिने हो र विश्वकपको ढोका खुल्ला गर्ने हो भने यो विषमा चाडैं सोच्न आवश्यक छ,’ झाले भने ।
वान डे मान्यताको एक वर्ष घरेलु मैदानमा कुनै खेल खेल्न पाएन । विश्वकप लिग-२ नेपालको लागि अवसर बनेर अगाडी आएको छ । बाँकी तीन वर्षको अवधिमा धेरै भन्दा धेरै ओडीआई र अन्तर्राष्ट्रिय खेल हामीले नेपालमै गर्नसके दिर्घकालीन समयमा नेपाली क्रिकेटले विश्वमा अझ छिटो फड्को मार्नेमा कसैको दुई मत छैन । खेलसँगै विस्तारै गुणस्तरिय पुर्वधार निमार्णमा पनि ध्यान दिनुपर्छ । अवसर गुमाएपछि पछुताउनु भन्दापनि गुमाउन नदिने वातावरण सिर्जना गर्न सम्बन्धि निकायको ध्यान जान आवश्यक छ ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]