6 years ago
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली यू१६ टोली आज स्वदेश फर्किएको छ ।
नेपालले फाईनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको थियो । अप्रिल २० देखी सुरु भएको प्रतियोगितामा ८ देशको सहभागिता थियो । नेपालले समुह चरणमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो । थाईल्यान्डसँगको खेल वर्षाको कारण रद्ध हुँदा समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । सेमिफाईनलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
तोकिएको समय भन्दा झण्डै दुई घण्टा ढिला गरेर नेपाली यू१६ टोली दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेको थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा लगाएतले नेपाली टोलीलाई फुलमाला र खादा लगाएर स्वागत गरे ।
कप्तान विशाल विक्रम केसीले त्यहाँको विकेटको कारण रन बनाउन केहि गाह्रो भएपनि विकेट बचाएर रन बनाउन सक्दा उपाधि जित्न सफल भएको बताए । विशालले टोलीको सम्रग प्रर्दशनमा सन्तुष्ट रहेको बताए । खेलाडीहरुको अथक मेहनत र प्रयासले गर्दा उपाधि जित्न सफल भएको प्रशिक्षक वसन्त शाहीले बताए ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा लगातार दोस्रो हार बेहारेको छ । नेपाल सोमवार स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवारको पहिलो खेलमा बागमतीले आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रन जोड्दै अल आउट भयो […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]