default_image

6 years ago

April 29, 2019

अन्तिम आईपीएल खेल खेल्दै वार्नर

85 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र किंग्स इलाभेन पन्जावबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ८ : १५ देखी हैदरावादको घरेलु मैदान राजिभ गान्धी इनटरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ ।

दुवै टोलीलाई प्ले अफको यात्रा बलियो बनाउन आजको खेल जित्नै पर्ने दवाव छ । आजको खेलमा पराजित हुने टोलीको प्ले अफको संभावना कमजोर बन्ने देखिन्छ । यस अघि पन्जावको घरेलु मैदानमा हैदरावाद ६ विकेटले पराजित भएको थियो । चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफमा पुगि सकेका छन् । मुम्बई इन्डियन्सको पनि प्ले अफ पक्कापक्कि जस्तै देखिन्छ । अन्य पाँच टोली मध्य अंक गणीतिय हिसावमा हैदरावादको संभावना बलियो छ ।

हैदरावादका ओपनर डेविड वार्नर यस सिजनको आईपीएलमा अन्तिम खेल खेल्दैछन् । वार्नर आजको खेलपछि अष्ट्रेलिया फर्किनेछन् । अष्ट्रेलिया क्रिकेटले आफ्ना सबै खेलाडीलाई अप्रिल अन्तिम सम्म आगमी महिना हुने एक दिवसिय विश्वकपका लागि प्रशिक्षणको लागि टोलीमा बोलाएको छ । अर्का ओपनर जोनी बेयरस्टो इंग्ल्यान्ड फर्किसकेका छन् । बेयरस्टोको स्थानमा हैदरावादले न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिललाई मौका दिन सक्छ ।

वार्नर जारी आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ खेलमा १ शतक र ७ अर्ध शतक प्रहार गर्दै ६ सय ११ रन बनाइसकेका छन् । राशिद खान, मनिष पान्डे, विजय शंकर हैदरावादका प्रमुख खेलाडी हुन् । यता पन्जावका ओपनर क्रिस गेल र केएल राहुल राम्रो लयमा छन् । त्यस्तै रविचन्द्र आश्विन, हार्डस विलोजेन, मुरुगन आश्विनले पनि राम्रै प्रर्दशन गरि रहेका छन् । पन्जावका स्पिनर मुजिव उर रहमान घाईते रहेको बुझिएको छ ।

जारी आईपीएलमा हैदरवाद ११ खेलमा ५ मा जित र ६ मा हारका साथ चौथो स्थानमा छ । त्यस्तै पन्जाव ११ खेलमा ५ मा जित र ६ मा हारका साथ साथ छैटौं स्थानमा छ । दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स क्रमश : पहिलो,दोस्रो र तेस्रो स्थानमा छन् ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.