default_image

6 years ago

April 28, 2019

रसेल चम्केपछि कोलकताले बनायो २ सय ३२ रन !

78 views

0 Bookmark

एजेन्सी – आन्द्रे रसेलको विष्फोटक ब्याटिङ र शुभमन गिल र क्रिस लिनको अर्धशतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २ सय ३३ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । कोलकतालाई विशाल योगफल बनाउन आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मैदानमा चौका र छक्काको वर्षा गराए । रसेलले ४० बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।

कोलकताका लागि युवा खेलाडी सुभमन गिलले पनि उत्कृष्ट अर्ध शतक प्रहार गरे । १६ ओभरको दोस्रो बलमा हार्दिक पान्ड्याले इभिन लुईसबाट क्याच गराउनु अघि गिलले ४५ बलमा ४ छक्का र ६ चौका सहित ७६ रनको महत्वपूर्ण योगदान दिए ।

त्यस्तै क्रिस लिनले मात्र २९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा क्याच आउट भए । गिल र लिनले ९.३ ओभरमा पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकतालाई विशाल लक्ष्य तर्फ लम्काएका थिए । यी दुई बीचको साझेदारी राहुल चाहरले लुईसबाट लिनलाई क्याच गराउदै तोडेका थिए । त्यस्तै कप्तान दिनेश कार्तिक १५ रनमा अविजित रहे । मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.