default_image

6 years ago

April 28, 2019

बेंगलोरलाई दिल्लीको विशाल लक्ष्य

86 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो ।

दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे । १३ ओभरको दोस्रो बलमा वाशिन्टन सुन्दरबाट युजवेन्द्र चाहलले क्याच आउट गराउनु अघि धवनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए ।

कप्तान श्रेयस ऐरले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा आउट भए । ऐरलाई सुन्दरले १६ ओभरको तेस्रो बलमा कप्तान विराट कोहलीबाट क्याच आउट गराए । ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनकोे साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दिल्लीका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । पृथ्वी शा १८,ऋषभ पन्त ७,कोलिन इनग्राम ११ रनमा आउट भए ।

तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफल सम्म पुर्याए । शेरफेनले १३ बलमा १चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । पटेलले ९ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा अविजित रहे । बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे । बेंगलोर आजको खेलमा पराजित भए समुह चरणबाटै बाहिरिने छ । विजयी भए प्ले अफको संभावना कायमै रहने छ ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.