6 years ago
April 28, 2019
एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो ।
यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो ।
मलेसियाका लागि तल्लोक्रमका मोहम्मद हजीक आइमनले १८,वान मोहम्मद आजम १६ र जिनेन्द्र मुरलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । नेपालको कसिलो बलिङ सामु मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका कृष्ण कुमार सुन्य,सिद्धार्थ कार्तिक ४,सर्वेन सुरेन्द्रन ८,लोकमान नुुर ५,अहमद अकमल आलिफ ३,वान अहमद असराफ शून्यमा आउट भए ।
नेपाललाई सहज जित दिलाउन विशाल कुमार पटेलले ७ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दिपक बोहोराले ७ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै निखिल कुमार सिंह र कृष कार्की नाममा समान १ विकेट रह्यो ।
त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७,रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए ।
त्यस्तै तल्लोक्रमका कृष कार्की ९,निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे । मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ,सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट हात पारे । नेपालले समुह चरणको खेलमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो । त्यस्तै थाईल्यान्डसँगको खेलमा वर्षले गर्दा रद्ध भएको थियो । सेमिफाईनल खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]