default_image

6 years ago

April 28, 2019

एसीसी यू१६ फाईनल : पहिला ब्याटिङमा नेपाल

91 views

0 Bookmark

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेपाल र मलेसिया भिड्दै छन् ।

थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । सेमिफाइनल खेलमा नेपालले हङकङलाई ४ विकेट र मलेसियाले सिंगापुरललाई ५७ रनले पराजित गर्दै उपाधि यात्रामा भेट पक्का गरेका थिए ।

समुह चरणको खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।डिफेन्डिङ च्याम्पियन नेपालले उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छ । मलेसिया समुह चरणको हारको बदला लिदै उपाधि जित्न चाहान्छ ।

समुह चरणको खेलमा मलेसियाले नेपाललाई कडा टक्कर दिएको थियो । नेपाल समुह ए को विजेता हो भने मलेसिया उप विजेता टोली हो । मलेसियाले समुह चरणमा म्यानमारलाई ८ विकेट र थाईल्यान्डलाई डकअर्थ लेविस मेर्थडका आधारमा २६ रनले पराजित गरेको थियो । नेपालले म्यानमारलाई ७ विकेटले हराउँदा थाईल्यान्डसँगको खेल वर्षको कारण रद्ध भएको थियो ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.