6 years ago
April 27, 2019
एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगिताको सेमिफाईनल खेलमा हङकङले नेपाललाई ८७ रनको सामान्य लक्ष्य दिएको छ ।
थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हङकङ ३२.२ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटियो । उसका लागि मिडिल अडरका आरुष भागवतले नेपाली बलरको डटेर सामना गर्दै ४३ रनमा अविजित रहे । हङकङलाई सम्मानजक लक्ष्य सम्म पुर्याउन उनले ८३ बलमा ४ चौका प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु हङकङका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसक्दा ४ ब्याट्सम्यान डक आउट हुन पुगे ।
ओपनर जगराज सिंहलाई विशाल कुमार पर्टेलले शून्यमा एलपी डब्लू आउट गरे । विशाललेनै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर लुकास ग्रेबियल डेललाई १ रनमा एलपी डब्लू आउट गर्दै दवावमा राखे । बृज नारायण ८,मोहम्मद एलियान जाहिर शून्य र रौनक कपुर ४ रनमा आउट भएपछि हङकङ संकटमा परेको थियो । हङकङको विकेट निरन्तर गुमि रह्यो । अहान कन्हाई त्रिवेदी ५,वाहिद मोहम्मद शून्यमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पर्टेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।
नेपालले समुह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो । अर्को सेमिफाईनल खेलमा मलेसिया र सिंगापुरबीचको प्रतिस्प्रर्धा जारी छ ।
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवार सम्पन्न दिनको पहिलो खेलमा समूह बी मा रहेको बागमतीले विभागीय टोली आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । बागमतीले दिएको ८२ रनको लक्ष्य […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ । मलेसियाको युकेएम ओभलमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी हुन् । नेपाली टोलीमा २ परिवर्तन गरिएको छ । बंगलादेशसँग शनिवार खेलेकी सोनी पाख्रीन र तृषना विक बेन्चमा रहँदा ज्योत्सिका मरासिनी र कृष्मा गुरुङले […]