default_image

5 years ago

April 27, 2019

चेन्नईमाथि सहज जित निकाल्दै मुम्बई दोस्रो स्थानमा

54 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४६ रनको सहज जित निकालेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

१ सय ५६ रनको मध्यम विजयी लक्ष्य पछ्पाएको चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । चेन्नईका ओपनर मुरली विजयले ३८ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

१२ ओभरको चौथो बलमा जसप्रित बुमराहले सुर्य कुमार यादवबाट क्याच गराउनु अघि विजयले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । शेन वाटशन ८,सुरेश रैना २,आम्वाती रायुडु शून्य,केदार जाधव ६ रनमा आउट भएपछि चेन्नई संकटमा परेको थियो ।

सातौ विकेटका लागि ड्वेन ब्राभो र मिचेल सान्टनरले ३३ रनको साझेदारी गर्दै ६६-६ को अवस्थामा पुगेको चेन्नईलाई ९९-७ को अवस्थामा पुर्याए । चेन्नईको विकेट पतन क्रम रोकिएन । ब्राभोले १७ बलमा २ चौका सहित २० रन जोडे । दिपक चाहर शुन्य,हरभजन सिंह १,इमरान ताहिर शुन्य र सान्टनरले २२ रन जोडे ।

मुम्बईको कसिलो बलिङ सामु चेन्नईका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । मुम्बईलाई सहज जित दिलाउन लाथिस मलिङ्गाले ३.४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह र कुनाल पान्ड्याले समान दुई विकेट लिदा अनुकुल रोए र हार्दिक पान्ड्याले १-१ विकेट हात पारे ।

त्यस अघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो ।मुम्बईका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको योगदान दिए । रोहितलाई १७ ओभरको दोस्रो बलमा मिचेल सान्टनरले मुरली विजयीबाट क्याच आउट गराए ।

अर्का ओपनर इभिन लुईसले ३० बलमा ३ चौका र १ छक्का सहित ३२,क्विन्टन डी कक १५ र कुनाल पान्ड्या १ रनमा आउट भए । तल्लोक्रमका हार्दिक पान्ड्या २३ र काइरन पोलार्डले १३ रनमा अविजित रहे ।हार्दिकले १८ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

चेन्नईका मिचेल सान्टनरले २,इमरान ताहिर र दिपक चाहरले समान १ विकेट लिए । चेन्नईको कप्तानी आजको खेलमा सुरेश रैनाले गरेका छन् । योसँगै मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १२ खेलमा ४ मा हार र ८ मा जितका साथ शीर्ष स्थानमा छ । दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा झरेको छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.