default_image

6 years ago

April 25, 2019

डी भिलियर्स चम्कँदा बेंगलोर विजयी

81 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभने पन्जावलाई १७ रनले पराजित गरेको छ ।

२ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सक्यो । पन्जावका ओपनर केएल राहुलले २७ बलमा ७ चौका र १ छक्का सहित ४२, क्रिस गेल २३,मयंक अग्रवाल ३५ र डेविड मिलर २४ रनमा आउट भए ।

त्यस्तै निकोलस पुरनले २८ बलमा ५ छक्का र १ चौका सहित ४६,रविचन्द्र आश्विन ६ रनमा आउट हुँदा मन्दीप सिंह ४ र मुरुगन आश्विनद १ रनमा अविजित रहे । बेंगलोरका उमेश यादवले ३,नन्दीप सैनी २,मार्कस स्टोइनिस र मोइन अलीले समान १ विकेट हात पारे ।

त्यस अघि घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो । बेंगलोरलाई विशाल योगफलमा पुर्याउन एवी डी भिलियर्स ८२ रनमा अविजित रहे । उनले ४४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

डी भिलियर्सले १९ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा मोहम्मद शामीलाई लगातार छक्का प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । त्यस्तै अन्तिम ओभरमा हार्डस विलोजेनलाई मार्कस स्टोइनिसले समान २ छक्का र चौका साथै एवी डी भिलियर्सले १ छक्का सहित २७ रन बटुलेपछि बेंगलोरले विशाल योगफल तयार पारेको हो ।

बेंगलोरले चौथो ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई १३ रनमा गुमाएको थियो । मोहम्मद शामीले मन्दीप सिंहबाट क्याच आउट गराउनु अघि कोहलीले ८ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा मुरुगन आश्विनले कप्तान रविचन्द्र आश्विनबाट पार्थिव पटेललाई ४३ रनमा क्याच आउट गराए । पटेलले २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अली ४ र अक्षयदीप नाथ ३ रनमा आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।

पाँचौ विकेटका लागि डी भिलियर्स र मार्कस स्टोइनिसले ११ ओभरमा १ सय २१ रनको अविजित साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल सम्म पुर्याए । स्टोइनिसले ३४ बलमा २ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । पन्जावका मोहम्मद शामी,मुरुगन आश्विन,रविचन्द्र आश्विन र हार्डस विलोजेनले समान एक विकेट लिए ।

यो जितसँगै बेंगलोर ११ खेलमा ७ मा हार र ४ मा जितका साथ साँतौ स्थानमा उक्लिएको छ । चेन्नई ११ खेलमा ८ मा जित र ३ मा हारका साथ शीर्ष स्थानमा छ । त्यस्तै ११ खेलमा ७ मा जित र ४ मा हारका साथ दिल्ली दोस्रो स्थानमा छ ।

January 18, 2025

महिला पिएम कप – लुम्बिनीले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि सहज जित हासिल गरेको छ । शनिवार सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट […]

January 18, 2025

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा

एजेन्सी – युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ । भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स […]

January 18, 2025

यु १९ महिला विश्व कप – नेपाल डेब्यु खेलमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङका कारण बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले शनिवार नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन […]

Success

Thank you for your time.