6 years ago
April 24, 2019
नेपालगञ्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवले नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा कास्य पदक जितेको छ ।
बुधबार भएको खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ६९ रनले पराजित गर्दै कास्य पदक जित्न सफल भयो । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा कुल १ सय ११ रन बनाएको थियो ।
आर्मीका रोहित कुमार पौडेलले २० बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३४ रनमा आउट भए । त्यस्तै भिम सार्की १९,राजेश पुलामी मगर र हरि बहादुर चौहानले समान १२ रन जोडे । प्रदेश १ का पुष्प थापा २ विकेट लिए ।
१ सय १२ रनको लक्ष्य पछ्पाएको प्रदेश एक आर्मीको कसिलो बलिङ सामु १०.५ ओभरमा अल आउट हुँदै ४२ रनमा समेटियो । प्रदेश १ का पुष्प थापा १२ र श्रवन यादवले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
आर्मीका सुसन भारीले ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै हरि कृष्ण झाले २,हरि बहादुर चौहान,सहाव आलम र राजेश पुलामीले समान एक विकेट लिए । खेलमा भारी म्यान अफ द म्याच घोषित भए ।
स्वर्ण पदकका लागि नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुँदै छ । आर्मी सेमिफाईनल खेलमा मंगलवार पुलिससँग ३ रनले पराजित भएको थियो ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]