default_image

6 years ago

April 23, 2019

वार्नर र मनीष चम्कँदा हैदरावादको बलियो योगफल

98 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे । पान्डे ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

हैदरावादलाई बलियो अवस्थामा पुर्याउन मनिष पान्डे र डेविड वार्नरले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरे । १४ ओभरको तेस्रो बलमा हरभजन सिंहले विकेटकीपर महेन्द्र सिंह धोनीबाट स्टमम्ङि आउट गराउनु अघि वार्नरले ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा आउट भए ।

अर्का ओपनर जोनी बेयरस्ट्रोलाई हरभजनले धोनीबाट दोस्रो ओभरको तेस्रो बलमा शून्यमा क्याच आउट गराए । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 29, 2025

गुजरातले मुम्बईलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा‌ ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]

March 29, 2025

गुजरातले मुम्बईलाई दियो बलियो लक्ष्य

एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]

Success

Thank you for your time.