6 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – एपिएफले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा स्वर्ण पदक जितेको छ । दाङको लमहीमा भएको फाइनलमा प्रदेश १ लाई ७८ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको थियो ।
टस हारेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय २८ रन बनाएको थियो । टोलीका लागि ज्योती पाण्डे ४१ बलमा ६ चौका सहित ४५ र सिता राना मगरले ४२ रनको योगदान गरिन् । अन्य ब्याटरले भने राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदेश १ का लागि रुबिना क्षेत्री वेलवासे,समवम राई र संगिता राईले समान ३ विकेट लिए ।
१ सय २९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २ बलअघि अलआउट हुँदै मात्र ४१ रन जोड्न सक्यो । टोलीका लागि रश्मी शर्मा चौलागाईले २७ रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफको कसिलो बलिङ सामु प्रदेश १ का ४ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । एपीएफका सरिता मगर,सिता राना मगर,रितु कनौजियाले समान २ विकेट लिए । खेलमा सिता राना मगर उमन अफ दि म्याच घोषित भइन् ।
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]