6 years ago
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटतर्फ पुरुषअन्तर्गत पहिलो सेमिफाइनलमा प्रदेश १ लाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपीएफ फाईनलमा पुगेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो । सामान्य ५० रनको लक्ष्य एपीएफले १०.५ ओभरमा २ विकेटको क्षतिमा ५३ रन बनाउदै सहजै पुरा गर्यो । एपीएफको सहज जितमा शंकर राना २३ र प्रदीप ऐरी १७ रनमा अविजित रहे । त्यस्तै शरद भेषवाकर २ र अनिल कुमार शाह ७ रनमा आउट भए । प्रदेश १ का पुष्प थापा र दिपेश कंडेलले समान एक विकेट लिए ।
त्यसअघि कोहलपुर क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङको निर्णय लिएको प्रदेश १ ले १६.३ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटिएको थियो । प्रदेश १ का लागि मिनाश थापा र सुन्नी पुनले समान १४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश १ का ४ ब्याट्सम्यान डक आउट भए ।
एपीएफका लागि शरद भेषवाकरले ४ ओभरमा १३ रन खर्चेर ४,बसन्त रेग्मी ३,भुवन कार्की र अभिनास बोहोराले समान एक विकेट लिए । शरद खेलमा म्यान अफ द म्याच चुनिए । त्यस्तै आजनै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्ववबीच दोस्रो सेमिफाइनल हुने छ ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 29, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]
March 29, 2025
एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]