default_image

9 years ago

May 6, 2016

दिल्ली विरुद्ध पुणेको सहज जित

97 views

0 Bookmark

इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत हिजो भएको खेलमा राइजिंग पुने सुपरजाएंट्सले दिल्ली डेरडेभिल्स विरुद्ध सात विकेटको जित हात पार्यो |

Rising Pune Supergiants

पहिलो ब्याटिंगमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार परेको थियो| आफ्नो इनिंग्समा सात विकेट गुमाएको दिल्लीले ओपनर रिस्हब पन्तलाई सस्तैमा गुमाएको थियो| उसका लागि कप्तान जे.पी. डुमिनिले ३४ रन बनाए भने करुण नाएरले ३२ रन थपेका थिए| पुनेका लागि बोल्यान्ड र भाटियाले दुइ-दुइ विकेट लिए|

१६३ रनको लक्ष्य पछ्याएको पुनेको सुरुवात राम्रो रह्यो| सिजनको पहिलो खेल खेल्दै गरेका खवाजाले रहने संग ५९ रनको साझेदारी गरे| ३० रनमा विकेट गुमाएका खवाजाको स्थानमा आएका सौरभ तिवारीले पनि २१ रन बनाए| खेलको अन्त्यमा ५ बलमा १४ रन प्रहर गर्दै थिसरा परेरले जिततर्फ डोर्याए| ४८ बलमा ६३ रन बनाएर विजयी पारि खेलेका अजिंक्या रहाने  म्यान अफ द म्याच भए|

March 9, 2025

भारतले जित्यो च्याम्पियन्स ट्रफी

एजेन्सी – भारत तेस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आज भएको फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारत च्याम्पियन्स ट्रफी सर्वाधिक ३ पटक जित्ने पहिलो राष्ट्र बनेको छ। यो पटक सानदार प्रदर्शनका साथ अपराजित रहँदै भारत च्याम्पियन बनेको हो। यसअघि सन् २००० मा भारत र श्रीलंका संयुक्तरुपमा विजेता बनेका थिए। त्यसपछि भारतले सन् २०१३ मा […]

March 9, 2025

च्याम्पियन्स ट्रफी फाइनल – भारतलाई मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको उपाधि जित्न भारतले न्युजिल्याण्डबाट मध्यम लक्ष्य पाएको छ ।न्युजिल्याण्डले भारतलाई जितका लागि २ सय ५२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन जोड्यो । न्युजिल्याण्डका डारेल मिचेल र मिचेल ब्रेसवेलले […]

March 9, 2025

अजयको ५ विकेटमा लुम्बिनी विजयी

काठमाडौं(हाम्रो खेलकुद) – अजय चौहानले ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लुम्बिनीले आइतवार कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १ सय ८२ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे […]

Success

Thank you for your time.