default_image

6 years ago

April 22, 2019

रहाणेको शतकमा दिल्लीलाई विशाल लक्ष्य

100 views

0 Bookmark

एजेन्सी – ओपनर अजिंक्या रहाणेले आफ्नो आईपीएल करियरकै उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजिस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । १७ ओभरको दोस्रो बलमा ईशान्त शर्मालाई २ बटुल्दै रहाणेले आफ्नो आईपीएल करियरमा दोस्रो शतक प्रहार पुरा गरेका थिए । ५८ बलमा शतक पुरा गरेका रहाणेको यो आईपीएल करियरकै सवोत्कृष्ट प्रर्दशन समेत हो ।

रहाणे ६३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ५ रनमा अविजित रहे । अजिंक्या रहाणे र कप्तान स्टिभ स्मिथले दोस्रो विकेटका लागि १२ ओभरमा १ सय ३० रनको साझेदारी गर्दै राजिस्थानलाई विशाल योगफल सम्म पुर्याए ।

१४ ओभरको पहिलो बलमा अक्षर पटेलले बाउन्ड्री लाईन नजिकै क्रिस मोरिसबाट क्याच आउट गराउनु अघि कप्तान स्मिथले ३२ बलमा ८ चौका प्रहार गर्दै ५० रनमा आउट भए । दोस्रो ओभरको पहिलो बलमै ओपनर सन्जु स्यामसन शून्यमा रन आउट भएका थिए ।

बेन स्ट्रोक्स ८,एस्टन टर्नर शून्य र स्टुअर्ट बिन्नी १९ रनमा आउट भए । दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्मा,क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए । दिल्लीले आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई टोलीमा मौका दिएको छैन ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 29, 2025

गुजरातले मुम्बईलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा‌ ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]

March 29, 2025

गुजरातले मुम्बईलाई दियो बलियो लक्ष्य

एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]

Success

Thank you for your time.