6 years ago
April 22, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित हात पारेको छ ।
१ सय ६२ रनको लक्ष्य पछ्पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह धोनीले ३ छक्का र १ चौका सहित २४ रन मात्र बटुल्न सके ।
उमेश यावदलाई पहिलो बलमा चौका,दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा दुई रन लिए । पाँचौ बलमा धोनीले छक्का प्रहार गरे । अन्तिम बलमा रन लिने क्रममा सार्दुल ठाकुर रन आउट भएपछि चेन्नई पराजित हुन पुगेको हो । धोनी ४८ बलमा ७ छक्का र ५चौका प्रहार गर्दै ८४ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् ।
चेन्नईको सुरुवात खराव रह्यो । पहिलो ओभरको पाँचौ बलमा डेल स्टेनले शेन वाटशनलाई मार्कस स्टोइनिसबाट ५ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा स्टेनले सुरेश रैनालाई शून्यमा बोल्ड आउट गरे । फाफ डु प्लेसिसलाई उमेश यादवले एवी डी भिलियर्सबाट ५ रनमा क्याच गराए । छैटौं ओभरको पाँचौ बलमा यादवले केदार जाधवलाई ९ रनका क्याच आउट गराएपछि चेन्नई २८-४ को कमजोर अवस्थामा पुगेको थियो ।
आम्बाती रायुडु र महेन्द्र सिंह धोनीले ५५ रनको साझेदारी गर्दै चेन्नईको संकट टारे । १४ ओभरको पहिलो बलमा युजबेन्द्र चाहलले रायुडुलाई बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । रायुडुले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा आउट भए । रविन्द्र जडेजा ११ र ड्वेन ब्राभो ५ रनमा आउट भए । बेंगलोरका डेल स्टेन र यादवले समान दुई विकेट लिए । त्यस्तै नन्दीप सैनी र युजवेन्द्र चाहलले समान एक विकेट हात पारे ।
त्यस अघि घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । बेंगलोरका लागि ओपनर पार्थिव पटेलले ५३ रनको योगदान दिए । १६ ओभरको चौथो बलमा ड्वेन ब्राभोले शेन वाटशनबाट क्याच आउट गराउनु अघि पटेलले ३७ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।
तेस्रो ओभरको तेस्रो बलमा दिपक चाहरले कप्तान महेन्द्रसिंह धोनीबाट विराट कोहलीलाई ९ रनमा क्याच आउट भए । सातौ ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले फाफ डु प्लेसिसबाट बाउन्ड्री लाईन नजिकै एवी डी भिलियर्सलाई २५ रनमा उत्कृष्ट क्याच आउट गराए । डी भिलियर्सले १९ बलमा ३ चौका र १ छक्का प्रहर गरे ।
अक्षदीप नाथ २४,मार्कस स्टोइनिस १४ र पवन नेगीले ५ रनमा आउट भए । मोईन अलीले १६ बलमा ५ चौका सहित २६ रन बटुले । चेन्नईका रविन्द्र जडेजा, ड्वेन ब्राभो र दिपक चाहरले समान २ तथा इमरान ताहिरले १ विकेट लिए ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् । शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए। ललितले पिएम कपको १० खेलमा ४१ […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी […]
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ । पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो । यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली […]