6 years ago
April 21, 2019
कोहलपूर(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले घातक बलिङ गर्दै एक्लै ६ विकेट लिएपछि नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुदको क्रिकेट अन्तरगत आईतबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश नम्बर ३ लाई ८ विकेटले पराजित गरेको छ ।
कोहलपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको प्रदेश ३ ले १५.१ ओभरमा अल आउट हुँदै ४० रनमा समेटिएको थियो । प्रदेश ३ का ईशान पाण्डे र आदिल खानले समान १२ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश ३ का ७ ब्याट्सम्यानले खाता सम्म खोल्न सकेनन् । प्रदेश तीनलाई सस्तैमा रोक्न आर्मीका साहव आलमले ४ ओभरमा ३ मेडन सहित २ रन खर्चेर ६ विकेट लिए । त्यस्तै कुशल मल्लको नाममा ३ विकेट रह्यो ।
सामान्य ४१ रनको लक्ष्य आर्मीले १०.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीका हरि बहादुर चौहान १७ र भिम सार्की १५ रनमा अविजित रहे । खेलमा साहब म्यान अफ दम्याच चुनिए ।
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]
March 26, 2025
एजेन्सी – जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ । योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]