6 years ago
April 21, 2019
एजेन्सी – कप्तान श्रेयर ऐर र शिखर धवनको अर्ध शतक तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ ।
शनिवार राती सम्पन्न आईपीएलको ३७ औं खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको छ ।
१ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे ।
शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए । धवनले कप्तान श्रेयस ऐरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । चौथो ओभरको पहिलो बलमा धवनसँग रनको तालेमल नमिल्दा पथ्वी शा १३ रनमा रन आउट भए । कोलिन इनग्राम १९,ऋषभ पन्त ६ र अक्षर पटेल १ रनमा आउट भए । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए ।
चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको १९औं खेलमा आएर अपराजित यात्रा तोडेको छ । बिहीवार भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो । जितसँगै आर्मीले पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ । […]
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु-१९ टोलीले ५० ओभरको अभ्यास सिरिजमा दिल्लीको टोलीलाई मध्यम लक्ष्य दिएको छ । पर्सामा जारी खेलमा नेपालको युवा टोलीले दिल्लीको यु-१९ टोलीलाई १ सय ९३ रनको लक्ष्य दिएको छ । विरगंजस्थित टिबी साह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल यु-१९ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय […]
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको शतक सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । भैरहवामा जारी खेलमा बागमतीले पुलिसविरुद्ध २ सय रनको बलियो योगफल बनाउँन सफल भयो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय […]