9 years ago
May 5, 2016
धनगढी
डिसिए कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमका विच नाष्ट्र कलेजका प्रचार्य शिवहरी मुडभरीले व्याटिङ र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बलिङ गरेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्राचार्य मुडभरीले विद्यार्थीहरुले पढाईस)गै अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पहिल्लो समयमा क्रिकेटप्रति आकर्षण बढिरहेको भन्दै त्यसको विकाशका लागि सरोकारवालाले लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले क्रिकेटको विकाश गर्नसके देशको विकाशमा समेट टेवा पुग्ने बताउनुभयो ।
त्यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले यस्ता प्रतियोगिताले राम्रा खेलाडीहरुको पहिचान गरि सक्षम खेलाडी बनाउनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा कैलालीका २० विद्यालयका टीमहरुको सहभागिता रहेको छ । आज भएको पहिलो खेलमा लिटिल फ्लावर २ विकेटले विजयी भएको छ ।
टस् हारेर पहिले व्याटीङ गरेको स्टेपिङले दिएको ९८ रनको लक्ष्य लिटिल फलावरले १७ दशमलव २ ओभरमा भेटाएको थियो । लिटिल फलावरलाई जिताउने क्रममा चेतन विष्टले सर्वाधिक २९ रन बनाउनुभएको थियो । प्रतियोगिता अन्तर्गत भोली दुइ खेल हुनेछन । त्यस्तै आजै भएको देसा्रे खेलमा एक्सीसले स्टोन व्रिजमाथि ६ विकेटको जित दर्ता गरेको छ ।
स्टोन व्रिजले दिएको १ सय २३ रनको लक्ष्य एक्सीसले एक्सिसले १५ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा १ सय २४ रन बनाउदै जित दर्ता गरेको छ । उसका लागि कविन्द्र शाहले ४२, अमृत रावत २० र अमन चौधरीले १५ रन जोडे ।
त्यस्तै सुवास थापाले २ विकेट लिनुभयो । यसअघि पहिले व्याटिङ गरेको स्टोन व्रिजले विरेन्द्र खातीको २४ र सँजय झाको २३ रनको मदतले १ सय २३ रन बनाएको थियो । स्टोन व्रिजका लागि अमन चौधरी र ईश्वर रावतलले समान दुइईदुई विकेट लिएपनि त्योृ जितको लागि पर्याप्त हुन सकेन । भोली विहान पहिलो खेल गिली एकेडेमी र एश्वेर्य विद्या निकेतनविच र दोस्रो खेल दिउसो ईमरल्याण्ड एकेडेमी र मयुर स्कुल विच हुने आयोजकले जानकारी दिएको छ ।
January 11, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ब्याटरद्वय अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि फराकिलो अग्रता बनाएको छ । जय ट्रफी मेन्स एलिट कपको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशमाथि पहिलो इनिङ्समा १ सय ३ रनको अग्रता बनाएको हो । पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]