6 years ago
April 20, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
खेल राजस्थानको घरेलु मैदान चिन्नास्वामी स्टेडियम जयपुरमा दिउँसो बेलुका ४ : १५ देखी सूरु हुने छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई र सातौ स्थानमा रहेको राजस्थानबीचको खेल रोचक हुने अनुमान गरिएको छ । मुम्बईले जारी आईपीएलमा ९ खेलमा ६ मा जित निकाल्दा ३ खेलमा पराजित भएको छ । मुम्बईका ओपनर क्विन्टन डी कक,हार्दिक पान्ड्या र राहुल चाहरले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
यता ८ खेलमा २ मा जित र ६ खेलमा पराजित भएको राजस्थानलाई अघिल्लो चरणको यात्रा बलियो बनाउन आजको खेल जित्नैपर्ने हुन्छ । अन्यथा अघिल्लो चरण निकै कठिन देखिन्छ । राजस्थानका जस बटलर,जोफ्रा आर्चर र श्रेयस गोपाल लयमा छन् ।
त्यस्तै आजको दोस्रो खेलमा किंग्स ईलाभेन पन्जाव र दिल्ली क्यापिटल्सबीच प्रतिस्प्रर्धा हुने छ । खेल बेलुका ८ : १५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । तेस्रो स्थानमा रहेको दिल्ली र चौथो स्थानमा रहेको पन्जावबीच खेल प्रतिस्प्रर्धात्मक हुने अनुमान गरिएको छ । यस अघि यसै सिजमा पन्जावको घरेलु मैदानमा दिल्ली १४ रनले पराजित भएको थियो ।
दिल्लीले ९ खेलमा ५ मा जित र ४ मा हारका साथ १० अंक जोड्दै तेस्रो स्थानमा छ । त्यस्तै ९ खेलमानै ५ मा जित र ४ मा हारका साथ समान १० अंक भएपनि नेट रन रेटमा दिल्ली भन्दा पछि पदैं पन्जाव चौथो स्थानमा छ । पन्जावका रविचन्द्र आश्विन,केएल राहुल,मंयक अग्रवालले यस आईपीएलमा सानदार प्रर्दशन गर्दै आएका छन् ।
यस प्रतियोगितामा दिल्लीका कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गरेको देखिदैन । दिल्लीका लागि कागिसो रबडाले उत्कृष्ट बलिङ गरि रहँदा ओपनर पृथ्वी शा र शिखर धवनले औसत ब्याटिङ गर्दै आएका छन् ।
सन्दीपको संभावना ?
दिल्लीले ९ खेल खेलि सक्दा सन्दीपलाई ४ खेलमा मौका दिएको छ । सुरुवाती दुई र पछिल्ला तीन खेलमा बेन्चमा राखेको थियो । ४ खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका छन् । सन्दीपले मौका पाउने नपाउने अन्यौल छ ।
सन्दीपको स्थानमा आएका किमो पलले हैदरावादविरुद्ध ३ विकेट लिदै म्यान अफ द म्याच चुनिएपछि मुम्बईविरुद्ध निरन्तरता पाएका थिए । तर पलले मुम्बईविरुद्ध ३ ओभरमा ३७ रन खर्चिदा कुनै विकेट लिएका थिएनन् । यस अर्थमा दिल्लीले उनको स्थानमा आज सन्दीपलाई मौका दिन सक्छ । तर खेलाडी परिवर्तन गरि रहँदा प्रर्दशनमा असर पुग्ने हुँदा दिल्लीले आज पललाईनै निरन्तरता दिने संभावना पनि उतिकै रहन्छ । हैदरावादविरुद्ध गरेको प्रर्दशनको आधारमा पुन एक पटक पलालाई विश्वास गर्दै निरन्तरता दिन सक्छ ।
त्यस्तै मुम्बईविरुद्ध प्रमुख स्पिनरको रुपमा खेलाएको अमित मिश्रााले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए । उनले लिएको विकेट रोहित शर्माको थियो । त्यसैले दिल्लीले मिश्राको विकल्प खोज्नेछैन, बरु कोटला स्पिनर उपयोगि मैदान भएको हुँदा सन्दीप र मिश्रा दुबैलाई मैदान उतार्न सक्छ ।
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]
March 26, 2025
एजेन्सी – जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ । योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित […]
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]