default_image

6 years ago

April 20, 2019

स्वदेश आगमन, रातभरको यात्रा अनि सवेरै मैदानमा !

89 views

0 Bookmark

सुबास हुमागाईं, कोहलपुर

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कोहलपुरस्थित क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ भिड्दैछन् । यस खेलका लागि आर्मीको टोलीबाट शुक्रबार राती मात्र नेपाल आइपुगेको यू-१९ क्रिकेट टोलीका ३ खेलाडी मैदानमा उत्रने भएका छन् । युवा टोलीका भीम सार्की, कुशल मल्ल र हरिबहादुर चौहान आर्मीका लागि खेलिरहेका छन् ।

मलेसियामा सम्पन्न आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र प्रतियोगिताअन्तर्गत नेपाल दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुन सकेन । समूहको दोस्रो खेलमा यूएईविरुद्ध नेपाल डीएल पद्दतिका आधारमा १ रनले पराजित भएपछि नेपालको विश्वकप पुग्ने सपना तुहिएको थियो । उक्त खेलमा अर्धशतक बनाएका हरिबहादुर चौहान म्यान अफ द म्याच भएका थिए । उनीसँगै मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र अलराउन्डर कुशल मल्ल आर्मीबाट खेल्दैछन् ।

राष्ट्रिय टोलीमा पनि परिसकेका भीमले स्वदेश आएपछि आठौंको समूह चरणको खेल खेल्न राती नै यात्रा गरेको बताए । ‘हामी राती ८ बजेमात्र विमानस्थल आइपुगेका थियौं । शनिबार विहानै खेल भएकाले बसको यात्रा गर्दै आइपुगेका हौँ । समयमा नै आइपुगेको कारण आज तीनै जना खेल्दैछौँ,’ उनले भने । नेपाली टोली रातको ८ बजे मात्र विमानस्थल उत्रिएको थियो । भीमसँगै दुई खेलाडी रातभर झन्डै ५ सय किलोमिटर यात्रापछि कोहलपुर आइपुगेका हुन् ।

यू-१९ टोलीका कप्तान रोहितकुमार पौडेलले पनि आर्मीबाट नै खेल्नेछन् । उनी भने व्यक्तिगत काम भएकाले अर्को खेलमा मात्र टोलीमा आउने बुझिएको छ । आर्मीले टस जितेर पहिलो ब्याटिङ गरिरहेको छ । आर्मीले यसअघि दुई खेल जित्दै सेमिफाइनलका लागि सम्भावना बलियो बनाइसकेको छ ।

आर्मीबाट राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी, विनोद भण्डारी तथा घरेलु क्रिकेटमा नाम चलेका सुशन भारी, साहब आलम, विक्रम सोब, राजु रिजाल, राजेश पुलामी लगायत खेलिरहेका छन् ।

March 26, 2025

महिला ओडिआई विश्वकप – फाइनल खेल मुल्लापुरमा हुने

एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

Success

Thank you for your time.