default_image

6 years ago

April 20, 2019

कोहलीको शतक र अलीको अलराउण्ड प्रर्दशनमा बेंगलोरको रोमान्चक जित

86 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ ।

शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ रन बनाउन सक्यो ।

कोलकतालाई जितको लागि अन्तिम १२ बलमा ४३ रन चाहिएको थियो । १९ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै कुल रसेलले १९ रन बटुले । कोलकतालाई जितको लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो । मोईन अलीले १३ रन खर्चेर आन्द्रे रसेललाई रन आउट गराएपछि बेंगलोरले रोमान्चक जित हात पार्न सफल भएको हो ।

पहिलो बलमा मोईन अलीले नितेश रानालाई डट गराए । दोस्रो बलमा रानाले एक रन लिदै स्ट्राईक रसेललाई दिए । तेस्रो बलमा रसेलले छक्का प्रहार गरे । चौथो बल रसेललाई अलीले डट गराएपछि बेंगलोरको जित पक्का बनेको थियो । पाँचौ बलमा रसेललाई अलीले रन आउट गराए । अन्तिम बलमा नितेश रानाले छक्का प्रहार गरेपनि त्यो जितको लागि प्राप्त थिएन ।

आन्द्रे रसेलले २५ बलमा ९ छक्का र २ चौका प्रहार गर्दै ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । नितेश रानाले ४६ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे ।

कुनै समय कोलकता १४ ओभरमा १०१-४ को कमजोर अवस्थामा थियो । तर आन्द्रे रसेलर नितेश रानाले विश्फोटक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि १ सय १८ रनको साझेदारी गरेपछि कोलकताको जितको संभावना पलाएको थियो । कोलकताका ओपनर क्रिस लिन १,सुनिल नारायण १८,रोविन उथप्पा र सुभमन गिल समान ९-९ रनमा आउट भए । बेंगलोरका डेल स्टेनले २,मार्कस स्टोइनिस र नन्दीप सैनीले समान १ विकेट लिए ।

त्यस अघि कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो । बेंगलोरलाई विशाल योगफल तयार पार्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरे । आईपीएल करियरको पाँचौ शतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै रनमा १ सय रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा हेरी गुर्नीले सुभमन गिलबाट क्याच गराए ।

त्यस्तै मोईन अलीले पनि विश्फोटक ब्याटिङ गरे । अलीले मात्र २८ बलमा ६ छक्का र ५ चौका सहित ६६ रनमा क्याच आउट भए । अलीले १६ औं ओभरमा अलीले कुलदिप यादवलाई २ चौका र ३ छक्का प्रहार गर्दै कुल २७ रन बटुलेका थिए । यसै ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने क्रममा अली प्रसिद्ध कृष्णबाट क्याच आउट भए ।

ओपनर पार्थिव पटेल ११ र अक्षयदिप नाथ १३ रनमा आउट भए । मार्कस स्टोइनिस ८ बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कोलकताका लागि सुनिल नारायण,आन्द्रे रसेल, हेरी गुर्नी, कुलदीप यादवले समान एक विकेट हात पारे ।

March 26, 2025

महिला ओडिआई विश्वकप – फाइनल मुल्लापुरमा हुने

एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

Success

Thank you for your time.