default_image

6 years ago

April 19, 2019

‘भाग्यले पनि साथ दिनुपर्ने रहेछ’ – प्रशिक्षक दास

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोली मलेसियामा विहिवार सम्पन्न आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत एसिया प्रतियोगिता खेलेर शुक्रबार बेलुका स्वदेश फिर्ता भएको छ ।

तोकिएको समय दुई घण्टा ढिला गरि बेलुका ८ बजे त्रिभुवन विमानस्थल आई पुगेको नेपाली यू१९ टोलीलाई स्वागत गर्न कुनैपनि सरकारी निकाय पुगेका थिएनन् । विमानस्थलमा प्रशिक्षक विनोद दास,कप्तान रोहित कुमार पौडेल,भिम सार्की लगातका सबै खेलाडी निरास र उनिहरुको अनुहार मलिन देखिन्थ्यो ।

प्रक्षिक विनोद दासले भाग्यले साथ नदिँदा विश्वकप खेल्न नपाएको बताए । ‘यूएईसँगको खेलमा हाम्रा पनि साना सान गल्ती थिए । हरेक दिन पानी परेपनि १०-१५ मिनेटमै सुक्थ्यो पनि । त्यो दिन नै होला सायद पानी परेपछि सुकेन । हामीलाई भाग्ले नराम्रोसँग धोका दियो । राम्रो खेलेर मात्र पुग्दो रहेनछ,भाग्यले पनि साथ दिनु पर्ने रहेछ,’ दासले भने

कप्तान रोहित कुमार पौडेलले यूएईसँगको हारपछि सबै खेलाडी निरास हुनुका साथै केहि खेलाडी रोएको बताए । कप्तान रोहितले टोलीका सबै खेलाडीले आफ्नो जीवनमा १ रनको महत्व सधैंभर बुझिरहने बताए ।

नेपाल विश्वकपछनोटका ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुन सकेन । शीर्षस्थानमा रहेको यूएईले भने ५ खेलमा १० अंक जोडेको थियो ।

विश्वकप छनोटमा नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित हुँदा तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । त्यस्तै चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गर्दा अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराएको थियो। यूएईसँगको एक रनको हारलेनै नेपाललाई विश्वकप सम्म युर्याउन सकेन ।

March 26, 2025

महिला ओडिआई विश्वकप – फाइनल मुल्लापुरमा हुने

एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]

March 26, 2025

परागको घरेलु मैदानमा राजस्थान र कोलकाता भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

Success

Thank you for your time.