6 years ago
April 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यस अघि बेंगलोरको घरेलु मैदानमा कोलकता ५ विकेटले विजयी भएको थियो ।
जारी प्रतियोगितामा खराब प्रर्दशन गरि रहेको विराट कोहली कप्तान रहेको बेंगलोरलाई प्ले अफको झिनो अंक गणीतिय संभावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा बेंगलोरको अघिल्लो चरणको संभावना देखिदैन । जारी आईपीएलमा बेंगलोरको बलिङ निकै कमजोर ठहरिदै आएको छ । डेर्थ ओभरका रन रोन्न नसक्नु बेंगलोरको सबैभन्दा ठूलो समस्या हो ।
ब्याटिङमा एवि डी भिलियर्स,मोइन अली,मार्कस स्टोइनिस,पार्थिव पर्टेल र विराट कोहलीले राम्रो गर्दै आएका छन् । अन्यको प्रर्दशन सन्तोषजनक छैन । कोलकता नाईट राइडर्सलाई प्ले अफ बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ । कोलकताका आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै असम्भव बनेको जितलाई पनि सहज रुपमा जिताएका छन् । रसेल नचलेको खेलमा कोलकता पराजित भएको छ । कोलकताका अन्य दिनेश कार्तिक,क्रिस लिन,रोविन उथप्पा,नितेश राना राम्रो लयमा छन् ।
बेंगलोर ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंकका साथ पुछारमा छ । कोलकता ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ छैटौं स्थानमा रहँदा चेन्नई सुपर किंग्स शीर्ष र मुम्बई दोस्रो स्थानमा छन् ।
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ। ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ । विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको […]
March 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स खेल्दैछन् । राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार राति ७ः४५ बजे खेल सुरु हुनेछ । गुवाहाटी सन् २०२३ देखि राजस्थानको लागि कहिलेकाहीं घरेलु मैदानको रुपमा प्रयोगमा आउने गरेको छ । गुवाहाटीको यो मैदान राजस्थानका कप्तान रहेका रियान परागको घरेलु मैदान समेत […]
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]