default_image

5 years ago

April 18, 2019

नेपालको सानदार जित तर, विश्वकपमा पुग्न असफल

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर पवन सरार्फ र रित गौतमले अर्ध शतक प्रहार गरेपछि आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ ।

यद्यपी सानदार जित निकालेपनि नेपाल आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट हुन भने असफल रह्यो । आज नै भएको अर्को खेलमा यूएईले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपना पुरा हुन सकेन । यूएई पाँच खेलमा पाँचमा नै जित निकाल्दै विश्वकपको लागि छनोट भयो ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल वर्षाले प्रभावित दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित भएको थियो । १ रनको हारनै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बन्यो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेट र चौथो खेलमा ओमानलाई १ सय ५० रनले हराएको थियो ।

१ सय ५८ रनको मध्यम लक्ष्य पछ्पाएको नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा १ सय ६० रन बनाउदै सहजै पुरा गर्यो । नेपालको सहज जितमा ओपनर रित गौतमले ८४ बलमा ७ चौका सहित ६२ रनमा आउट भए । त्यस्तै अर्का ओपनर पवन सरार्फले ६१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५३ रनको योगदान दिए ।

पहिलो विकेटका लागि सरार्फ रगौतमले १९.२ ओभरमा ९३ रनको साझेदारी गर्दै सहज जित तर्फ अघि बढाएका थिए । चौका हान्दै खेल फिनिसङ गरेका आशिफ शेखले २० बलमा ५ चौका र १ छक्का सहित ३३ र सन्दीप जोरा ५ रनमा अविजित रहे ।

त्यस अघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अल आउट हुँदै १ सय ५७ रन बनायो । उसका लागि नोमन बुद्रोले अर्ध शतकीय इनिङ्स खेले । नेपाली बलरको डटेर सामना गरेका उनले अन्तिम विकेटका रुपमा रन आउट हुनु अघि १ सय २० बलमा ८ चौका सहित ७० रनको योगदान दिए ।

तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । राशिदलेनै कप्तान अब्दुल सद्दीकलाई पवन सरार्फबाट पाँचौ ओभरको पहिलो बलमा शून्यमा पेभिलिएन फर्काए ।

तेस्रो विकेटका लागि गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासे । यी दुईबीचको साझेदारी सुर्य तामाङले २४ ओभरको दोस्रो बलमा कुमारलाई ३६ रनमा बोल्ड आउट गर्दै तोडे । उनले ६६ बलमा ५ चौका प्रहार गरे । २६ ओभरको चौथो बलमा तामाङलेनै गोविन्द्र कुमारलाई भिम सार्कीबाट क्याच गराउदै १ रनमा पेभिलिएन फर्काए ।

कुशल मल्लले ३१ ओभरको चौथो बलमा सन्जीव नायरलाई ६ रनमा आउट गरे । मल्ललेनै ३३ ओभरको अन्तिम बलमा हमजा कुरेशीलाई रित गौतमबाट ३ रनमा आउट गरेका थिए । तल्लो क्रममा हमोद अमानुल्लाह १७ रनमा आउट भए ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल,राशिद खान र सुर्य तामाङको नाममा समान २ विकेट रह्यो ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.