default_image

5 years ago

April 18, 2019

कुवेतमाथि नेपालको दबदबा

67 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी आईसीसी यू१९ विश्वकप एसिया छनोट अन्तरगत अन्तिम खेलमा कुवतेसँग खेलि रहेको छ । नेपालले क्वालालाम्पुरमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङ थालेको कुवेतले ३५ ओभरमा १ सय ९ रन जोड्न ६ विकेट गुमाएको छ ।

नेपाललाई पहिलो सफलता तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० रनमा बोल्ड आउट गर्दै दिलाए । राशिद खानले कप्तान अब्दुल सद्दीकलाई पवन सरार्फबाट पाँचौ ओभरको पहिलो बलमा शून्यमा पेभिलिएन फर्काए ।

तेस्रो विकेटका लागि गोकुल कुमार र नोमान बुद्रोले ७४ रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासे । यी दुईबीचको साझेदारी सुर्य तामाङले २४ ओभरको दोस्रो बलमा कुमारलाई ३६ रनमा बोल्ड आउट गर्दै तोडे । उनले ६६ बलमा ५ चौका प्रहार गरे ।

२६ ओभरको चौथो बलमा तामाङलेनै गोविन्द्र कुमारलाई भिम सार्कीबाट क्याच गराउदै १ रनमा पेभिलिएन फर्काएपछि नेपाल खेलमा फर्किएको छ । त्यस्तै कुशल मल्लले ३१ ओभरको चौथो बलमा सन्जीव नायरलाई ६ रनमा आउट गरेका छन् ।

मल्ललेनै ३३ ओभरको अन्तिम बलमा हमजा कुरेशीलाई रित गौतमबाट ३ रनमा आउट गर्दै कुवेतलाई संकटमा पारेका छन् ।
उसका नोमान ४२ रन बनाई खेली रहेका छन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.