6 years ago
April 16, 2019
एजेन्सी – मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।
क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको महत्वपूर्ण योगदान दिए । रोहितलाई ३५ ओभरको पाँचौ बलमा आजम अलीले मेहताबाट क्याच गराए । त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बटुले । कुनै समय ८१ – ५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैटौैं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
नेपाललाई बलियो अवस्थामा पुर्याउन प्रतिस जिसीले आक्रमक उत्कृष्ट ब्याटिङ गरे । प्रतिसले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुलेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको हो । अन्तिम विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरे । सुर्य तामाङ ७ रनमा अविजित रहे ।
दोस्रो ओभरको अन्तिम बलमा मुजाहिर राजाले पवन सरार्फलाई ५ रनमा एलवी डब्लू आउट गरे । ९ औं ओभरको पहिलो बलमा यस मेहताले रित गौतमलाई १० रनमा क्याच आउट गराए । १६ औं ओभरमो चौथो बलमा रविन्द्रले अभिषेक बस्नेतलाई १५ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको दोस्रोे बलमा प्रथमेश कुम्बलेले सन्दीप जोरालाई मेहताबाट क्याच गराउँदै ४ रनमा पेभिलिएन फकाए ।
२० औं ओभरको अन्तिम बलमा रविन्द्रले हरि वहादुर चौहानलाई २ रनमा क्याच आउट गराएपछि नेपाल ८१ – ५ को कमजोर अवस्थामा पुगेको थियो । कुशल मल्ल २,कमलसिंह ऐरी १ रनमा आउट भए ।
ओमानका जिल तन्ना,आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए । त्यस्तै यस मेहता र प्रथमेश कुम्बले नाममा समान १ विकेट रह्यो ।
March 26, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]
March 25, 2025
एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]